शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • दुई विश्वयुद्ध झेलेका इटलीका १०१ वर्षका वृद्धले कोरोनालाई हराए, उनकी आमा पनि स्पेनिश फ्लूबाट निको भएकी थिइन्

दुई विश्वयुद्ध झेलेका इटलीका १०१ वर्षका वृद्धले कोरोनालाई हराए, उनकी आमा पनि स्पेनिश फ्लूबाट निको भएकी थिइन्

  • शनिबार, चैत्र १५, २०७६
दुई विश्वयुद्ध झेलेका इटलीका १०१ वर्षका वृद्धले कोरोनालाई हराए, उनकी आमा पनि स्पेनिश फ्लूबाट निको भएकी थिइन्

संसारभरी फैलिएको कोरोना भाइरस संक्रमणको त्रासबीच इटलीबाट आशाको खबर पनि आएको छ । यहाँको रेमिनी शहरमा १०१ वर्षका वृद्धले कोरोना भाइरससँगको युद्धमा जीत हासिल गरेका छन् । संक्रमित भएपछि पूर्ण रुपमा ठिक हुने उनी संसारकै उमेरदार पुरुष हुन् । विभिन्न रिपोर्टमा सार्वजनिक भए अनुसार यी वृद्धले दुई पटक विश्वयुद्धको सामना पनि गरिसकेका छन् । यद्यपि, वृद्धको नाम भने गोप्य राखिएको छ तर मानिसहरुले उनलाई मिस्टर पी भनिरहेका छन् । रिपोर्टका अनुसार मिस्टर पीमा गत हप्ता कोरोना संक्रमण देखिएपछि इन्फर्म अस्पतालमा भर्ना गरिएको थियो ।
मिस्टर पीकी आमा स्पेनिश फ्लूबाट संक्रमित भएपछि बचेकी थिइन्ः
स्रोतका अनुसार मिस्टर पीकी आमा सन् १९१८ मा स्पेनिश फ्लूबाट संक्रमित भएपछि निको भएकी थिइन् । स्पेनिश फ्लूले इटलीमा करिब ६ लाख व्यक्तिको ज्यान लिएको थियो । त्यसपछि सन् १९१९ मा मिस्टर पीको जन्म भएको थियो । शिन्ह्वा न्यूज एजेन्सीका अनुसार बुधबार उनको परिवारले उनलाई घर ल्याएका छन् ।

चर्चामा

सम्बन्धित समाचार