शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • सर्पलाल गिरीकाे सुझाव सहितकाे अनुराेध

सर्पलाल गिरीकाे सुझाव सहितकाे अनुराेध

  • बिहिबार, चैत्र १३, २०७६
सर्पलाल गिरीकाे सुझाव सहितकाे अनुराेध

सराेकारवाला पक्षकाे तत्काल ध्यान पुगाेस । सबै जिल्लामा याे लागू नहुन सक्छ बाजुरा जिल्लाकाे हकमा काेराेना भाईरस Covid-19 भित्रिन नदिन स्थानीय प्रशासन, स्थानीय निकाय, राजनीतिकदल, नागरिक समाज र अाम समुदायले सरकारले ताेकेकाे लक डाउनकाे पालना गरेका छन । यत्तिले पुग्दैन । अब देशविदेशबाट गाउँ भित्रियकाबाट काेराेना भाईरस भित्रिने अाशंका भएकाले सम्बन्धित नागरिकलाई सम्बन्धित स्थानीय पालिकाले क्वारेन्टाइनमा राख्ने पूर्ण व्यवस्था गराेस । तपसिलकाे व्यवस्था गर्न सराेकारवाला निकायकाे ध्यान पुग्न जरुरी छ :
१. संक्रमणकाे शंका भएकाे विरामीलाई तत्काल क्वारेन्टाईनमा राख्ने व्यवस्था ।
२. अाैषधि, स्राेत र साधन सहित प्रत्येक पालिकाकाे क्वारेन्टाईन स्थलमा विशेषज्ञ स्वास्थ्यकर्मिकाे व्यवस्था ।
३. देशविदेशबाट अायर सिधै गाउँघर, बस्ती गएकाहरुकाे पहिचान गरि चेकजाँच गर्न, घरपरिवार र समुदायलाई बचाउन सहयाेगी भूमिका निर्वाह गर्न अनुराेध, सूचना जारी ।
४. अतिअावश्यकका सवारि साधन बाहेक पूर्ण रूपमा सवारि निशेध ।
५. संक्रमितकाे नमूना परिक्षणकाे व्यवस्थाका लागि केन्द्र, र प्रदेश सरकारसंग समन्वय ।
६. संक्रमितकाे रिपाेर्ट पाेजेटिभ भएमा अाईसाेलेसनमा राख्न हेलिकप्टर, एम्बुलेन्स लगायतकाे उपयुक्त के व्यवस्था हुन्छ त्याे व्यवस्थाका लागि केन्द्र र स्थानिय सरकारसंग समन्वय गर्ने
७. बाजुरा प्रवेश गर्ने शंकास्पद व्यक्तिलाई सिमाना, क्वारेन्टाईन क्षेत्र बाहेक घर, बस्ति र समुदायकाे सम्पर्क बाहिर राख्ने व्यवस्था ।
८. बाजुरा प्रवेश गर्ने छिमेकि जिल्लाका व्यक्तिलाई सिधै सवारि साधनबाट अायमा सम्बन्धित जिल्ला नपुगुन्जेल कतै नराेकि सिधै जाने व्यवस्था गर्ने ।
९. लकडाउनलाई थप प्रभावकारि बनाउन स्थानिय प्रशासन, प्रहरी, राजनितिकदल, जनप्रतिनिधि, नागरिक समाज, रेडक्रस, युवा समुहलाई परिचालन गर्ने ।
१०. लक डाउनकाे अबज्ञा गर्ने, कालाे बजारी गर्ने व्यापारी, हाेटले, चालक र नागरिकलाई तत्काल पक्राउ गरि जरिवाना गराउने ।
११. दैनिक उपभाेग्य बस्तुकाे अभाव हुन नदिन अापूर्तिकाे व्यवस्था गर्ने, दैनिक उपभाेग्य सामग्रीकाे अभाव भएमा सम्बन्धित स्थानीय निकायकाे हटलाईन, फाेन वा माेवाईल उपलब्ध नम्बरमा सम्बन्धित व्यक्तिकाे फाेनकाे अाधारमा पाएक पर्ने ठाउँसम्म सशुल्क सामग्री उपलब्ध गराउने व्यवस्था गर्ने । विहानवेलुका काम गरेर छाक टार्नेका लागि खाने व्यवस्था छैन भने सम्बन्धित वडालाई जिम्मा दिने ।
१२. स्वास्थ्यकर्मि, अाैषधि, माक्स, सेनिटरि लगायतका अाबश्यक सामग्रीकाे केन्द्र र प्रदेश सरकारका निकायमा तत्काल माग गर्ने । यस्ताे काममा खटिने स्वास्थ्यकर्मि, प्रहरी र कर्मचारीलाई विशेष भत्ताकाे व्यवस्था गर्ने ।
अन्तमा जनचेतनामूलक सूचना प्रचारप्रसार, प्रशारण निरन्तर रेडियाे, पत्रपत्रिका, पाेष्टर, पम्पलेट र माईकिङ गरिरहने ।

चर्चामा

सम्बन्धित समाचार