शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • साहित्यकर्मी शाहीद्धारा अनाथालयलाई माक्स,साबुन र रुमाल सहयोग

साहित्यकर्मी शाहीद्धारा अनाथालयलाई माक्स,साबुन र रुमाल सहयोग

  • बुधबार, चैत्र १२, २०७६
साहित्यकर्मी शाहीद्धारा अनाथालयलाई माक्स,साबुन र रुमाल सहयोग

बाजुरा १२ चैत्र – साहित्य कारकर्मी रीता शाहीद्धारा बुढीगंगा नगरपालिका २ मा रहेको कन्र्सन बाजुरा अनाथालयमा रहेका बालबालिका र ब्यवस्थापकलाई माक्स, साबुन र रुमाल सहयो गरेकी छन् ।
बिश्व ब्यापीरुपमा फैलिएको कोराना भाईरस (कोभिड १९) को रोकथापम तथा पूर्वतायरीमा सहयोग पुगोस भन्ने उद्देश्यले सानो भएपनि सहयोग गरेको शाहीले बताएकी छन् । कुनै सम्पन्न भएर भन्दा पनि आफू खाजा बाफतको रकम बचाएर बालबालिकालाई सहयोग गरेको उनले बताईन् ।
सहयोगी हातहरुबाटै स्थापना भएको अनार्थालयमा सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने जिम्मेबारी हुनेभएकोले आफु पेशाले स्वास्थ्यकर्मी भएकोले बिश्वब्यापीरुमा फैलिएको भाईरसको पूर्ब साबधानीमा सहयोग पुग्ने उनले बताईन । कन्सन बाजुरामै पुगेर समान्य रुपमा भएपनि स्वस्थ्य र कोरोना भाईरस कसरी सर्दछ भाईरस सर्न नदिन के उपाए अपनाउने भन्ने बिषयमा बालबालिका तथा कन्सन बाजुराका अध्यक्ष बहादुर थापा लगाएत संचालकलाई जानकारी दिएकी थिईन ।


सामग्री हस्तान्त्रण पछि सस्थाका अध्यक्ष बहादुर थापाले शाहीलाई धन्यबाद दिएका थिए । सामान्य तया संचार माध्यमबाट कोरोना भाईरसको बारेमा जानकारी थाहा पाएको भएपनि सस्थामै पुगेर सल्लाह सुझाब तथा सामग्री सहयोग गरेको थापाले बताए । अनाथालमा रहेका १२ जना बालबालिका लगाएत अन्य संचालकका सदस्यहरुलाई एक, एक माक्स, रुमाल र डिटोल साबुन सहयोग गरेको हो । कसै अरुको सहयोग भन्दा पनि आफैले खाजा खाने पैशा बचाएर सामाग्री सहयोग गरेको शाहीले बताईन । स्वास्थ्य पेशामा आबध शाही समाज सेवासंगै साहित्य क्षेत्रमा पनि पछिल्लो समय तल्नि रहेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार