शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • हिमाली
  • हिमाली गाउँपालिकाकाे बाँधुमा हेल्थ डेस्क स्थापना

हिमाली गाउँपालिकाकाे बाँधुमा हेल्थ डेस्क स्थापना

  • बुधबार, चैत्र १२, २०७६
हिमाली गाउँपालिकाकाे बाँधुमा हेल्थ डेस्क स्थापना

कर्ण बहादुर रावल
विश्वव्यापी फैलिएको रुपमा महामारी नोबेल कोरोना भाइरस (COVID-19) रोकथामका लागि हिमाली गाउँपालिका वडा न ७ को बाँधु स्थित चुलिगाडमा हेल्थ डेस्क स्थापना गरेको छ । हिमाली गाउँपालिकाले याे भन्दा पहिला कुवाडी र पालिकाको केन्द्र धुलाचौरमा हेल्थ डेस्क स्थापना गरेर सञ्चालनमा ल्याइसकेकाे छ । तराईबाट आउने यात्रुहरु कालिकोट र बाजुरा जिल्ला सदरमुकाम मार्तडीबाट आउने मानिसहरुको चेकजाँचका लागि हेल्थ डेस्क वडा न ७ को बाँधु स्थित चुलिगाडमा राखिएको गाँउपालिकाका अध्यक्ष गाेबिन्द्र बहादुर मल्लले  बताएका छन् । थप अन्य ठाँउमा आवश्यक देखिएको क्षेत्रमा पनि चाँडै नै हेल्थ डेस्क स्थापना गर्ने मल्लले वताए ।
विश्वव्यापीरुपमा फैलिएको महामारी नोबेल कोरोना भाइरस (COVID-19) रोग रोकथामका लागि पालिकाले ७ न वडामा पालिकाको सहयोगले बृद्ध तथा हजार दिनका आमा र बालबालिकाहरुलाई सरसफाईका सामग्री वितरण गरिएकाे छ । हातधुने साबुन र लुगा धुने साबुन गरि ३ सय थान साबुनहरु वडा अध्यक्ष जयबहादुर अधिकारीको सयोजक्त्वमा वितरण गरिएकाे छ । वडा अध्यक्ष अधिकारीका अनुसार सबै नागरिकहरुलाई बच्न र बचाउन नागरिक आफै सचेत रहन आग्रह तथा अनुरोध गर्दै अध्यक्ष अधिकारीले सुझाव दिएका छन् ।
चुलिगाडमा हेल्थ डेस्क स्थापना कार्यक्रममा बाेल्दै हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राज बहादुर भण्डारीले बाजुरासँग जोडिएका सीमानामा दैनिक लगभग बाह्र सय भन्दा बढी सङ्ख्यामा आवतजावत गर्ने गरेकाे वताए । शाखा प्रमुख भण्डारीका अनुसार विश्वव्यापी रुपमा महामारी फैलिएको नोबेल कोरोना भाइरस (COVID-19) रोगसँग
हिमाली गाउँपालिकाका नि. प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर शाहीका अनुसार विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस (COVID-19) बिरुद्धका स्थानीय सरकारले गर्नपर्ने विपत तथा जोखिम न्यूनिकरणका लागि समिति पनि गठन भएको र प्रत्येक वडामा पनि वडा अध्यक्षको सयोजक्त्व रहने गरी विपत तथा जोखिम न्यूनिकरण समिति पनि गठन भैसकेको वताए । आधारभूत आवश्यक पर्ने स्वास्थ्यकर्मी सुरक्षाको लागि पिपिई (Personal Protection Equipment) साथै ज्वरो नाप्ने उपकरण एवम् मास्क लगाएतका सामग्री स्वास्थ्य शाखा प्रमुखसँग कुरा गर्दै शाहीले भन्नुभयो सामग्रीको आवश्यक सहयोग गरिदिन हुन भनि सम्बन्धित निकाय सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीको कार्यालय धनगढी, जिल्ला प्रशासन कार्याल मार्तडी बाजुरा, जिल्ला अस्पताल मार्तडी बाजुरा र जिल्ला स्वास्थ्य कार्यालय मार्तडी बाजुरामा पत्र लेखि पठाइसकेको कुरा नि. प्रमुख प्रशासकिय अधिकृत शाहीले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार