शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघ्यो

इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघ्यो

  • मङ्लबार, चैत्र ११, २०७६
इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघ्यो

११ चैत, काठमाडौं । चीनपछि कोरोना भाइरसको इपिसेन्टर इटलीमा यसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघेको छ । सोमबार अस्पतालमा उपचाररत थप ६०१ मानिसको ज्यान गएपछि इटलीमा कुल मृतकको संख्या ६ हजार ७७ पुगेको हो ।

कोरोनाको इपिसेन्टर चीनले नयाँ संक्रमण हुन रोकथाम गरे पनि इटलीमा अवस्था भयावह बनेको छ । चीनमा हालसम्म ३ हजार २ सय ७७ मानिसको ज्यान गएकोमा इटलीमा त्यहाँभन्दा २ हजार ८०० बढी मानिसको ज्यान गइसकेको छ । कोरोनाबाट ज्यान जानेको कुल संख्याको ३६.८० प्रतिशत संख्या इटलीको छ । हालसम्म विश्वमा यो रोगको संक्रमणका कारण १६ हजार ५ सय १० मानिसको ज्यान गइसकेको छ ।
इटलीमा मृत्युदरसँगै संक्रमण दर पनि बढ्दो छ । पछिल्लो २४ घण्टामा मात्रै यहाँका ४ हजार ७ सय ८९ मानिसमा यसको लक्षण देखिएको छ । यहाँको कुल कोरोना संक्रमितको संख्या भने ६३ हजार ९ सय २७ छ । यीमध्ये ३ हजार २ सय ४ मानिसको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार