बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • नेकपाका नेता नयाँरामकाे हत्या आराेपमा पाँच जना विरुद्ध मुद्धा दर्ता

नेकपाका नेता नयाँरामकाे हत्या आराेपमा पाँच जना विरुद्ध मुद्धा दर्ता

  • सोमवार, चैत्र १०, २०७६
नेकपाका नेता नयाँरामकाे हत्या आराेपमा पाँच जना विरुद्ध मुद्धा दर्ता

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बाजुराका कार्यालय सदस्य नयाँराम विक (कुवेर) को हत्या आरोपमा किटानी मुद्दा दर्ता गरिएको छ । आफ्नै सहोदर काका जगरे सार्कीका तर्फबाट पाँच जनालाई विपक्षी बनाई कर्तव्य ज्यान मुद्दामा दर्ता गरिएको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताएका छन् ।

चैत्र ७ गते विहान मृत अस्थामा भेटिएका विकको हत्या गरिएको भन्दै आफन्तले रातीसँगै रहेका र बसेको घरका व्यक्तिहरुका नाममा किटानी मुद्दा दर्ता गरिएको हो । प्रहरी नियन्त्रणमा रहेको चन्द्र विक, गोपी कामी, मिना बुढा र उनका दुई सन्तानका नाममा मुद्दा दर्ता गरिएका छ ।

विक र कामी नयाँराम विकसँगै मिना बुढाको घरमा गएर खानपीन गर्ने र राती नैै छोडेर घर फर्किनेमा पर्दछन् भने मिना बुढा र उनका दुई सन्तान खाना खुवाउनमा संलग्न रहेको आरोप सहीत मुद्दा दर्ता गरिएको हो ।

चारदिन पछि विकको दाहसंस्कार 

चैत्र ७ गते विहान मृत भेटिएका नेकपा नेता नयाँराम विकको चारदिन पछि दाहसंस्कार गरिएको छ । पाँच जनाका नाममा किटानी जाहेरी मुद्दा दर्तापछि पोष्टमार्टम सहीत आफन्तले शव बुझेर मार्तडीको वाउलीमा दाहसंस्कार गरेका हुन् ।

जाहेरी दिने नदिनेमा छलफल लम्बीएपछि आफन्तले हिजो पोष्टमार्टम गर्न मानेका थिएनन् । आज पोष्टमार्टन पछि हिन्दुपरम्परा अनुसार मार्तडीको वाउलीमा दाहसंस्कार गरिएको आफन्तले बताएका छन् ।

दाहसंस्कारमा आफन्त सहीत नेकपा जिल्ला कमिटीका नेताहरु जनक कुमार बोहरा, भरत थापा, अमर खड्का, काशी विक, पुरबहादुर रावत, महेश शाही, जनक विष्ट, मनबहादुर विक, सुरेश विक, गोरख सार्की लगायतको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार