बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • जनताको दुखमा मन्त्री अर्यालको साथ, गृहजिल्लाका अग्नीपीडितलाई सहयोग

जनताको दुखमा मन्त्री अर्यालको साथ, गृहजिल्लाका अग्नीपीडितलाई सहयोग

  • आइतवार, चैत्र ९, २०७६
जनताको दुखमा मन्त्री अर्यालको साथ, गृहजिल्लाका अग्नीपीडितलाई सहयोग

स्याङ्जा– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा्कुमारी अर्याल जनताको दुखको सारथी बन्दै आउनुभएको छ । मन्त्री अर्यालले आफ्नो गृहजिल्लाका जनताले विभिन्न विपतिका कारण भोग्दै आएको समस्यामा साथ दिँदै आउनुभएको छ ।
यसैक्रममा मन्त्री अर्यालले गृहजिल्लाका अग्नीपीडितलाई सहयोग गर्नुभएको छ । कालिगण्डकी गाउँपालिका वडा नम्बर ५ बाँसटारीमा केही समय अगाडी भएको आगलागीबाट ३ घरगोठ नष्ट भएको थियो । आगलागी पीडितहरुको दुखमा मल्हम लगाउन मन्त्री अर्यालले पीडितको घरमै पुगेर सहयोग गर्नुभएको हो ।


गत फागुन २९ गते भएको आगलागीबाट क्षती ब्यहोरेका पीडितहरुमध्ये घरगोठमा पुरै क्षती भएका सन्तोष न्यौपानेलाई १ लाख १५ हजार रुपैयाँ नगद सहित जस्तापाता र कम्बल, गोठमा क्षती भएका नेत्र न्यौपानेलाई ४५ हजार रुपैयाँ, गोठमा क्षती भएका ताराप्रसाद न्यौपाने र चोलाकान्त न्यौपाने ४२/४२ हजार रुपैयाँ र घरमा आंशिक क्षती भएका रामप्रसाद न्यौपानेलाई १७ हजार रुपैयाँ सहयोग मन्त्री अर्यालले हस्तान्तरण गर्नुभएको हो ।
अग्नीपीडितलाई सहयोग गर्नका निम्ती प्रतिव्यक्ति १०/१० हजार रुपैयाँ जस्तापाता हस्तान्तरण गर्नुभएको थियो भने बाँकी सहयोग विभिन्न संघसंस्था/व्यक्तिमार्फत सहयोग संकलन गरिएको थियो ।
जसअन्तर्गत स्याङ्जा सहयोग समाज जापान, कोटाकोटका शोभाकान्त पाण्डे, स्याङ्जा पोखरा सम्पर्क समाज, युवा संघ र नेकपा वडा नम्बर ५, कालिगण्डकी सरोकार समाज, दुरदर्शी युवा क्लव लगायतले अग्नीपिडितका निम्ती सहयोग संकलन गरेका थिए ।
त्यस अबसरमा बोल्दै मन्त्री अर्यालले जनताको दुखमा आफु सधैं साथमा रहेको बताउनुभएको थियो । प्राकृतिक विपत्‍ जतिबेला पनि आउनसक्ने भन्दै मन्त्री अर्यालले त्यसबाट नआत्तिएर संयमित भएर अगाडी बढ्न समेत आग्रह गर्नुभयो ।

चर्चामा

सम्बन्धित समाचार