आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा कोरोना भाईरस बाट बच्न गाँउगाँउमा सचेतना

बाजुरामा कोरोना भाईरस बाट बच्न गाँउगाँउमा सचेतना

  • आइतवार, चैत्र ९, २०७६
बाजुरामा कोरोना भाईरस बाट बच्न गाँउगाँउमा सचेतना
बुढिगंगा नगरपालिका १० डुग्रसैन बजारमा कोरोना सम्बन्धि पोष्टर टास्दै ।

कोरोना भाईरस (कोभिड १९) बच्न बाजुराका गाँउ गाँउमा सचेतना फैलाउने काम भएको छ । जिल्लाका ९ वटा स्थानिय तह सरकारी कार्यलय, गैर सरकारी संस्थाले चेतना फैलाउने काम भएको छ । टोल टोलमा पुगेर कोरोना भाईरसका लक्षणका बारेमा जानकारी साथै बच्ने उपाय समेत दिइरहेका छन् ।
बुढिगंगा नरपालिकाले टोल टोलमा पुगेर कोरोना भाईरस बारे जानकारी दिने पोष्टर बितरण गर्ने गरेको बुढिगंगा नगरप्रमुख दिपक बिक्रम शाहले वताएका छन् । नगरपालिकाका टोलटोलमा जनप्रतिनिधि कर्मचारी र स्वास्थ्यकर्मी परिचालन भएका छन् । गाँउघरमा पुगेर कोरोना भाईरस बाट सरसफाइमा ध्यान दिने साबुन पानिले हात धुने धेरै भिडभाड नगर्ने जस्ता चेतना मुलक जानकारी गरिरहेको शाहले वताएका छन् ।
बुढिगंगा नरपालिकाले बाजुरा र अछामको सिमाना डाब बजारको इकडी गाड पुल नजिकै हेल्थ डेक्स स्थापना गरेको छ । एक जना एचए, एक जना ल्याव गरि दुईजना स्वास्थ्य कर्मी र दुई जना प्रहरी खटाईएको बुढीगंगा नगरपालिकाका स्वास्थय संयोजग दिपक शाहले वताएका छन् । स्वास्थ्य चेकजाँच सँगै कोरोना भाइरस सम्बन्धि जानकारी दिने काम भएको शाहले वताए । दैनिक बाजुरामा सयौको संख्यामा भित्रिने भएकाले बाजुराको नाकामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य जाँच गरिएको छ ।
बाजुरामा अहिलबे भारत बाट नेपाली आउनेको संख्या निकै बढेको छ, सो लाइ मध्यनगर गर्दै पनि गाँउमा सचेतना फैलाउने काम भइरहेको बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले वताएका छन् । नगरपालिका सबै स्वास्थ्य संस्थाहरुलाई उपचार आउने बिरामीलाई अनिवार्य हात धुने सिकाउने र कोरोना भाईरस सम्बन्धि सन्देश दिने काम भएको नगर प्रमुख बडुवालले वताएका छन् ।
जिल्लाका सरकारी कार्यलयमा पनि कोरोना भाइरस सम्बन्धि जानकारी दिने काम भइरहेको प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले वताएका छन् । सबै कार्यलयमा अनिवार्य हात धुने ब्यबस्थापन सँगै सिकाउने गरेको उनले वताए । स्वास्थ्य चेकजाँचका लागि जिल्लाका ४ वटा ठाँउमा हेल्थ डेक्स स्थापना भएका छन् । बुढिगंगाको डाब बजार, बडिमालिकाको मार्तडी, बुढिनन्दाको कोल्टि र जगन्नाथको जुडिमा स्थापना भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले वताए । यो बेला शहर पढन गएका र काम गर्न भारत गएका सबै घरफिर्ता भइरहेका छन् । यसले गर्दा पनि कोरोनाको उच्च जोखिममा बाजुरा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार