आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • कालोबजारी नगर्न उद्योग बाणिज्य संघको ध्यानाकर्षण

कालोबजारी नगर्न उद्योग बाणिज्य संघको ध्यानाकर्षण

  • शनिबार, चैत्र ८, २०७६
कालोबजारी नगर्न उद्योग बाणिज्य संघको ध्यानाकर्षण

बाजुरा ८ चैत– बिश्वभर कोराना भाइरसले त्रसित भइरेका बेला उद्योग बाणिज्य संघले पनी समयमै ध्यानाकर्षण गराएको छ ।  नेपाल सरकार लगायत बिभिन्न निकायले कोविड १९ अर्थात कोराना भाइरसको बिषय लिएर कालाे बजारी  गरेकाे बव पश्चात बाजुरा उद्याेग बाणिज्य संघ बाजुराले पनी कालो बजारी गर्न नमिल्ने निर्णय गरेको छ ।
देशमा संकट उत्पन्न हुदा सो बिषयमा सबैले सचेत र सम्बेदनशिल बन्नुपर्छ भन्ने मुल आशयका साथ बाजुरामा कुनै पनी ब्यापारीले कालो बजारी गर्न नहुने र गरेको पाईएमा सो को जिम्मेवारी आफै ब्यापारीले बन्नुपर्ने उध्योग बाणिज्य संघ बाजुराका अध्यक्ष देबबहादुर रोकायाले बताएका छन् । साथै कोराना भाइरस बाट बच्न सरसफाइ देखी आबस्यक कुराहरुमा समेत ध्यान दिन आग्रह समेत गरेको छ ।


उध्योग बाणिज्य संघ बाजुराको आयोजनामा बाजुरा जिल्लामा कोरोना भाइरस फैलिन नदिन जिल्लाका सबै संचारमाध्याममा कोरोना भाइरस सम्बन्धी जनचेतनामु्लक सन्देश प्रशारण तथा प्रकाशन गर्ने, र कुनै पनी ब्यापारीले दैनिक उपोभोग्य सामानदेखी कुनै पनी सामानको मुल्य नबढाउने र बढाएर बिक्री गरेको खवर पाए कान्ुनी पक्रियामा जाने समेत निर्णय गरेको उद्योग बाणिज्य सघ बाजुराका कार्यालय सचिव टेक बहादुर धामीले बताए ।
देशमा पर्न गएको महामारी तथा संकटको घडिमा जिल्ला स्थित सम्पुर्ण ब्यापारी ब्यबासायीहरुलाई क्रितिम अभाव तथा मुल्य बृद्धि (कालो बजारी) गर्न सक्ने कुरालाई मध्यनजर गरि बिभिन्न बजारमा कुनै दिन वा समय मिलाएर अनुगमन गर्ने र केही त्यस्तो भेटीएको खण्डमा सो ब्यापारीलाई कानुनी कटघेरामा उभ्याउने निणय समेत भएको संघका अध्यक्ष रोकायाले बताए ।
उद्योग बाणिज्य सघं बाजुराका अध्यक्ष देब बहादुर रोकायाको अध्यक्षतामा बसेको बैठकमा संघ का पदाधिकारी, बजार ब्यबस्थापन समितीका अध्यक्ष चक्र मल्ल, नेपाल रेडक्रस सोसाइटीका सभापती रमबहादुर शाही, बिभिन्न संचार माध्याममा कार्यरत पत्रकारहरुको समेत सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार