शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • राजनीति
  • बाबुराम भट्टराई अस्पताल भर्ना

बाबुराम भट्टराई अस्पताल भर्ना

  • बिहिबार, चैत्र ६, २०७६
बाबुराम भट्टराई अस्पताल भर्ना

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्। बुधबार साँझ करिब ८ बजे स्वास्थ्यमा समस्या आएपछि भट्टराईलाई शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको थियो।

‘पहिला ढाडमा अलि समस्या थियो। अहिले सहनै नसक्ने गरी बढी दुखेपछि अस्पताल लगिएको हो’ समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले अन्नपूर्ण अनलाइनसँग भने ‘रगतमा समस्या छ कि भन्ने शंका थियो। त्यस्तो केही पाइएन।’ उनका अनुसार सबै रिपोर्ट राम्रो आएकाले केही बेरमा भट्टराईलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार