बिहिबार, बैशाख २०, २०८१

एन्फा विवाद सतहमा

  • बिहिबार, चैत्र ६, २०७६
एन्फा विवाद सतहमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का हालका अध्यक्ष कर्माछिरिङ शेर्पा र हालका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ कुनैबेला एकै रथका दुईपांग्राजस्तै थिए । भनौं एक अर्काबिना केही गर्न नसक्ने ।

कुनैबेला गणेश थापा एन्फा अध्यक्ष रहँदा चेन्ज एन्फा, आर्थिका पारदर्शिताको नारामा यी दुईबीचको जोडी खुबै जमेको थियो । तर, अहिले अवस्था फेरिएको छ । यी दुईबीच पानी बाराबारको अवस्था छ । पदाधिकारीबीच यति ठूलो अवस्था सिर्जना हुनुले एन्फाभित्रको विवादलाई सतहमा ल्याएको छ ।

वरिष्ठ उपाध्यक्ष नेम्वाङ र सदस्य दावा लामाले गत माघ २९ गते बसेको एन्फाको कार्यसमिति बैठकको निर्णयमा असहमति जनाउँदै ‘नोट अप डिसेन्ट’ लेख्ने प्रयास भए पनि लेख्न नमिलेको र एन्फा अध्यक्ष शेर्पा र महासचिव इन्द्रमान तुलाधरले लिखित असहमति गर्न दिएको सल्लाह अनुसार पत्र बुझाएको छ ।

नौबुँदे असहमतिमा नेम्वाङले एन्फाको कार्यविधिमा नै नभएको कुरालाई स्वास्थ्य समितिबाट पास गराएर कर्मचारीको मेडिकल खर्चबारे जथाभावी रकम दिनु, कसलाई रकम उपलब्ध गराउने नगराउने भन्न कार्यविधिमा स्पष्ट नहुनु, शहीद स्मारक ‘ए’ डिभिजन लिगमा प्रसारण सम्झौता गतवर्ष (रामसार) मिडिया र यो वर्ष नेपाल टेलिभिजनसँग गराउँदा नियमावली विपरीत गर्नु, सर्वाेच्चले रोक्ने आदेश दिँदादिँदै रौतहटमा महिला फुटबल एकेडेमी बनाउनु, एन्फाको एकै भवन पुनर्निर्माण गर्न तीन फरक कम्पनीलाई दिनु, एएफसी क्लब लाइसेन्सिङमा एएफसीबाट कति जरिमाना र कसको कमजोरी रहेको नखुलाउनुलगायतको विषयमा असहमतिको बुदाँमा राखेका छन् । एन्फाको कार्यविधिमा उपचारका लागि कसलाई कति रकम सहयोग गर्ने भन्ने प्रस्ट छैन ।

चर्चामा

सम्बन्धित समाचार