शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • पहिलो पटक डेटिङ जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

पहिलो पटक डेटिङ जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

  • बुधबार, चैत्र ५, २०७६
पहिलो पटक डेटिङ जाँदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

एजेन्सी । पछिल्लो समय डेटिङ सामान्य प्रचलन जस्तो हुन थालेको छ । कुनै कार्यक्रममा भेट भयो वा सामाजिक सञ्जालमा भेट भयो र मन प-यो भने डेटिङमा जाने चलन छ । तर, पहिलो पटक डेटिङ जानेहरुले निम्न कुरामा ध्यान दिनै पर्छ ।

१ यदि तपाईहरु पहिलो पटक डेटिङ जाँदै हुनुहुन्छ भने फोनमै कुरा गर्नुस् र एक अर्काको आनीबानीवारे थाहा पाउने प्रयाश गर्नुस् । फोनमा गरेको कुराकानीवाट पनि व्यक्तिको चरित्रको वारेमा थेरै कुरा बुझ्न सकिन्छ ।

२ पहिलो पटक कसैलाई भेटन जाँदा आफ्नो सुरक्षाको वारेमा पनि सचेत हुन जरुरी छ । तपाई यस्तो ठाउँ छनौट गर्नुस्, जुन ठाउँमा बारेमा तपाईलाई धेरै कुरा थाहा छ । अपरिचित स्थानमा जाने गल्ति कहिल्यै नगर्नुस् ।

३ कतिपय व्यक्ति यस्ता पनि हुन्छन् । सामाजिक सञ्जालमा अलग परिचय दिएको पनि हुनसक्छ । उक्त विषयमा पनि अनलाइनवाटै रिसर्च गर्नुस् वा उसका साथीहरु (जो आफुसंग चिनाजानी छ ) संग बुझ्नुस् ।

४ जब तपाईले कसैलाई भेटनु भयो त्यो व्यक्तिको आनीबानी मन परेन । छिटो भन्दा छिटो छुट्टिने उपाय खोज्नुस् । कुनै बहाना बनाउन सकिन्छ तर, झगडा नगर्नुस् ।

५ व्यक्तिगत कुरा गर्दै नगर्नुस् । कतिपयको बानी हुन्छ छोटो भेटमै आफ्नो, परिवार वा साथीभाईका बारेमा सबै कुरा खोल्ने । तपाई त्यो नगर्नुस् ।

चर्चामा

सम्बन्धित समाचार