शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • कोरोना भ्याक्सिन परीक्षण आजदेखि

कोरोना भ्याक्सिन परीक्षण आजदेखि

  • सोमवार, चैत्र ३, २०७६
कोरोना भ्याक्सिन परीक्षण आजदेखि

वासिङ्टन- कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप (भ्याक्सिन) परीक्षण सोमबार (आज) देखि हुने भएको छ। अमेरिकी राष्ट्रिय स्वास्थ्य संस्थाले वासिङ्टनस्थित एक स्वास्थ अनुसन्धान संस्थामा उक्त परीक्षण सुरु गर्न लागेकाे हो।

नेसनल इन्स्टिच्युट अफ हेल्थले उक्त परीक्षणका लागि रकम उपलब्ध गराएको जनाइएको छ। यो परीक्षण वासिङ्टन राज्यको शियाटलमा रहेको केशर पर्मानेन्टे वासिङ्टन हेल्थ रिसर्च इन्स्टिच्युटमा हुने भएको छ। अझै पनि यसको बारेमा पूर्ण रुपमा सार्वजनिक गरिएको भने छैन।

पप्लिक हेल्थ अफिसियल्सका अनुसार एन्टिभाइरल भ्याक्सिन पूर्ण रुपमा १ वर्षदेखि १८ महिनासम्ममा तयार हुने बताइएको थियो।

४५ युवा र स्वस्थ स्वंसेवकमा भ्याक्सिनका विभिन्न डोजहरू दिएर परीक्षण गरिनेछ। उक्त भ्याक्सिनमा भाइरस प्रयोग नभएकाले परीक्षण गरिएका कसैलाई पनि फेरि संक्रमण भने हुँदैन। यो परीक्षणको मुख्य उद्देश्य नै पूर्ण रुपमा बिरामीलाई चेक गर्नुमात्र हो, जसबाट कुनै साइड इफेक्ट भने आउने छैनन्।

विश्वभरबाट दर्जनौं रिसर्च ग्रुपहरूले कोभिड-१९ को एन्टिभाइरल भ्याक्सिन बनाउनका लागि दौडधुप गरिरहेका छन्। विशेषगरी उनीहरूले भिन्न किसिमको भ्याक्सिन उत्पादन गर्नका लागि भिन्न नयाँ प्रविधिहरू अपनाइरहेका छन्, जसले पुराना प्रविधिभन्दा केही ढिलो रिजल्ट दिए पनि तुलनात्मक रूपमा प्रभावकारी हुन्छन्।

केही अनुसन्धाता भने केही समयसम्मका लागि काम गर्ने मात्र भएपनि भ्याक्सिन बनाउने र त्यसको बीचमा अरू दीर्घकालीन भ्याक्सिनको परीक्षण गर्नेतर्फ लागेका छन्।

इनोभियो फर्मासेउटिकल्सले उत्पादन गरेको भ्याक्सिन एक महिनापछिमात्र सुरक्षित रुपमा परीक्षण गर्ने भएको छ। साभार स्वास्थ्य खबर

चर्चामा

सम्बन्धित समाचार