शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • कोरोनाबाट बाबुको मृत्यु, तर छोराले आइसोलेसनको झ्यालबाटै हेरिरहे…

कोरोनाबाट बाबुको मृत्यु, तर छोराले आइसोलेसनको झ्यालबाटै हेरिरहे…

  • आइतवार, चैत्र २, २०७६
कोरोनाबाट बाबुको मृत्यु, तर छोराले आइसोलेसनको झ्यालबाटै हेरिरहे…

केरला : भारतमा कोरोना भाइरस संक्रमणबाट दुईजनाको मृत्यु भइसक्यो । तीमध्ये दोस्रो मृत्यु केरलामा शनिबार भएको हो । जुन घटना निकै हृदयविदारक बन्यो । मृतकका ३० वर्षीय छोरा लिनो अदेल, जो स्वयं आइसोलेसनमा राखिएका थिए । भारतीय मिडियाका अनुसार अदेलले आफ्नै बाबुको मृत्यु आइसोलसनको झ्यालबाट हेरिरहे ।

गत मार्च ८ मा अदेल पनि बाबुलाई भेट्न हतारिँदै कतारबाट भारत फर्किएका थिए । जब कि, उनका बाबुको केही दिनदेखि कोरोना संक्रमणपछि अस्पताल भर्ना गरिएको थियो । कोत्यामस्थित मेडिकल कलेजमा अदेल स्वयं आइसोलेसनमा राखिएका छन् । जहाँ वार्डबाटै आफ्नो बाबुलाई एम्बुलेन्समा लगिएको हेर्न बाध्य भए ।

कोरोना भाइरसको संक्रमण देखिएपछि वा शंका लागेमा जोसुकैलाई पनि आइसोलेसनमा राखिन्छ । अदेल पनि सोही क्रममा अस्पताल भर्ना गरिएका हुन् । जसले आफ्नै बाबुलाई अन्तिम बिदाइ गर्न पाएनन् । यस घटनालाई लिएर अदेलले फेसबुकमा लेखेका छन्, ‘आइसोलेसन यातना शिविर हैन ।’

अन्नपूर्ण पाेष्टबाट साभार

चर्चामा

सम्बन्धित समाचार