• होमपेज
  • समाज
  • आज बाट बाजुराका १८ हजार बालवालिकालाई दादुरा–रुबेला खोप लगाईदै

आज बाट बाजुराका १८ हजार बालवालिकालाई दादुरा–रुबेला खोप लगाईदै

  • शनिबार, चैत्र १, २०७६
आज बाट बाजुराका १८ हजार बालवालिकालाई दादुरा–रुबेला खोप लगाईदै

बाजुरामा जिल्लामा आज बाट दादुरा–रुबेला खोप लगाईने भएको छ । दादुरा–रुबेला राष्ट्रिय खोप अभियान अन्तर्गत बाजुराका १८ हजार २ सय ६ बालवालिकालाई खोप लगाईने भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख तथा बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले वताएका छन् ।
दादुरा–रुबेला रोगलाई उन्मुलन पार्नका लागि देशभरी सँगै बाजुरामा पनि आज देखी पुरै महिना भरी खोप अभियान शुरु भएको छ । जन्मेको ९ महिना देखी ५ बर्ष सम्म सम्पुर्ण बालवालिकालाई खोप लगाउने उद्देश्यका साथ अभियान चल्ने स्वास्थ्य कार्यलय बाजुराका अशोक सिंहले वताएका छन् ।
बाजुरा जिल्लामा चैत १ गते देखी ५ गते सम्म खप्तड छेडेदह गाउँपालिका, ित्रबेणी नगरपालिका र बडिमालिका नगरपालिकामा खोप अभियान संचालन हुने भएको छ । त्यसै गरि जगन्नथा गाउँपालिकामा चैत २ गते देखी ६ गते सम्म, गौमुल गाउँपालिकामा चैत ७ गतेदेखी हुने भएको आज गरिएको भेलामा सार्बजजिनक गरिएको छ । स्वामिकार्तिक गाउँपालिकामा चैत ९ गते देखी १३ गते सम्म बुढिगंगा नगरपालिकामा १० गतेदेखी १४ गते सम्म, हिमाली गाउँपालिकामा १६ गते देखी २० गतेसम्म र बुढिनन्दा नगरपालिकामा २२ गते देखी २६ गतेसम्म संचालन हुने भएको छ ।
सकेसम्म सतप्रतिशत बालवालिकालाई खोप पुयाउने लक्ष्य रहेको छ, राष्ट्रिय लक्ष्य अनुसार ९५ प्रतिशत बालवालिकाले खोप पुयाउने रहेको कार्यलय प्रमुख दयाकृष्ण पन्तले वताए । सबै बालवालिकालाई खोप पुयाउनका लागि तयारी भइरहेको उनले थपे । सरकारले दादुरा–रुबेला रोगको बिरुद्ध प्रतिरोधात्मक क्षमता अभिबृद्धि गर्न नियमित गरिरहेको छ । तर सरकारको लक्ष्य अनुसार ९५ प्रतिशत बालवालिका खोप कभरेस नभएपछि सरकारले यो अभियान चलाएको हो । दादुरा–रुबेला खोप अभियान २०७६।७७ मार्फत अभियान चलाएको छ ।

चर्चामा

सम्बन्धित समाचार