शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कोरोनाले भारतमा एकजनाको मृत्यु

कोरोनाले भारतमा एकजनाको मृत्यु

  • शुक्रबार, फाल्गुन ३०, २०७६
कोरोनाले भारतमा एकजनाको मृत्यु

काठमाडौं । भारतमा कोरोनाभाइरसका कारण एकजनाको मृत्यु भएको छ । बीबीसीका अनुसार कर्नाटकमा ७६ वर्षका मृतक हालै साउदी अरबबाट भारत आएका थिए ।

कर्नाटक राज्यको स्वास्थ्य तथा परिवार कल्याण विभागले तेलंगनाको एक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जनाएको छ । केन्द्र सरकारले उनी साउदीबाट फर्किने बेलामा श्वास लिन समस्या भएको, खोकी लागेको भन्दै एकसाताअघि अस्पताल गएका थिए ।
उनको स्वास्थ्य लगातार बिग्रेको समाचारमा जनाइएको छ । उनलाई पाँचदिनअघि एक निजी अस्पतालमा भर्ना गरिएको थियो । उनको प्रारम्भिक रिपोर्टमा कोरोना भएको पुष्टि भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार