शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • डोटीमा ज्वरो र रुघाखोकीबाट ३२ विद्यार्थी प्रभावित

डोटीमा ज्वरो र रुघाखोकीबाट ३२ विद्यार्थी प्रभावित

  • शुक्रबार, फाल्गुन २३, २०७६
डोटीमा ज्वरो र रुघाखोकीबाट ३२ विद्यार्थी प्रभावित

डोटीको जोरायलमा रुघाखोकी र ज्वरोबाट ३२ जना विद्यार्थी प्रभावित भएका छन्। जोरायल गाउँपालिका वडा नम्बर ५ को जनप्रिय आधारभुत विद्यालयको छात्रवासमा बस्दै आएका ३२ भन्दा बढि विद्यार्थीमा रुघाखोकी र भाईरल ज्वरोको प्रकोप देखा परेको जोरायल गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष दुर्गाप्रसाद ओझाले रुघाखोकी र ज्वरोबाट विद्यार्थीहरु प्रभावित भएको खबरपछि स्वास्थ्यकर्मीको टोली त्यसतर्फ गएको जानकारी दिए। जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले प्रारम्भीक स्वास्थ्य परिक्षणमा विद्यार्थीहरुमा ज्वरो र रुघाखोकी लागेको पाईएको बताए।

उनले स्थानीय स्वास्थ्य चौकीमा समान्य उपचार गरिएपछि जिल्लाबाट समेत स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जानकारी दिए। मलासीले मौसमी ज्वरो भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको जनाएका छन्। दिनेश खबर बाट साभार

चर्चामा

सम्बन्धित समाचार