शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • अर्थमन्त्री खतिवडाको राजीनामा राष्ट्रपतिबाट स्वीकृत

अर्थमन्त्री खतिवडाको राजीनामा राष्ट्रपतिबाट स्वीकृत

  • मङ्लबार, फाल्गुन २०, २०७६
सेयर गर्नुहोस् :
अर्थमन्त्री खतिवडाको राजीनामा राष्ट्रपतिबाट स्वीकृत

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडाको राजीनामा स्वीकृत गरेसँगै उनले सम्हाल्दै आएका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाने गरी तोकेकी छन् ।

राष्ट्रपति कार्यलयका प्रवक्ता हरि दाहालका अनुसार खतिवडाले सम्हाल्दै आएको कार्यभार राजिनामा पछि संविधानको धारा ७७ को उपधार २ अनुसार प्रधानमनत्री ओलीले सम्हाल्ने गरी तोकिएको हो । खतिवडाको राष्ट्रिय सभा सदस्य पद आजैबाट सकिने भएपछि उनले मंगलबार दिउँसो राष्ट्रपतिसमक्ष राजीनामा दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार