बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • बिभिन्न माग राख्दै नेपाल विद्यार्थी संघद्बारा काठमाडौंमा प्रदर्शन

बिभिन्न माग राख्दै नेपाल विद्यार्थी संघद्बारा काठमाडौंमा प्रदर्शन

  • आइतवार, फाल्गुन १८, २०७६
बिभिन्न माग राख्दै नेपाल विद्यार्थी संघद्बारा काठमाडौंमा प्रदर्शन

सेक्युरिटी प्रिन्टिङ प्रेसको कमिसनमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारबाही गर्नुपर्नेलगायतका माग राख्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ । नविसंघ त्रिभुवन विश्वविधालय समितिले आइतबार बिहान विश्वविधालय अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध नाराबाजी गरे । सरकारले भ्रष्टाचारलाई प्रश्रय दिएको र करको भार थोपरेको उनीहरुको आरोप थियो ।नेविसंघ त्रिभुवन बिश्वविधालय समिति सचिव योगेन्द्र रावलले स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न, ललिता निवास जग्गा प्रकरणको निष्पक्ष छानबिन गर्न तथा इन्धन र पुस्तकमा लगाइएको अतिरिक्त कर खारेज गर्न को लागि आन्दोलनमा उत्रनु परेको बताउनु भयो । कोणसभालाई त्रिभुवन बिश्वविधालय पुर्व स्वबियु सभापति भिम सिरिज र युवा नेता मनिस सिजापतिले सम्बोधन गरेका थिए| स्वीस कम्पनीका एक जना एजेन्ट विजय मिश्रसँग कमिसनबारे कुरा गरेको अडियो सार्वजनिक भएपछि सरकारको प्रवक्ताको जिम्मेवारीमासमेत रहेका बास्कोटाले यही फागुन ८ गते पदबाट राजीनामा दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार