बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका युवाले युटुव हेरेरै चप्पल उत्पादन

बाजुराका युवाले युटुव हेरेरै चप्पल उत्पादन

  • आइतवार, फाल्गुन १८, २०७६
बाजुराका युवाले युटुव हेरेरै चप्पल उत्पादन

लक्ष्मीराज पाध्याय/बाजुरा १८ फागुन– हरेक हिसावले देशकै पुच्छारमा रहेको बाजुरा जिल्लाका जनता पछिल्लो समय ब्यबसायीक रुपमा एक पछि अर्को बिकाश हुदै आएको छ । मानव बिकास सुचाङको ७७ औ जिल्लामा रहेको बाजुरा पछिल्लो समय बिभिन्न नयाँ कामको थालनी हुन थालेको छ । बाजुरा जिल्ला भोकमरी गरिवीको जिल्ला खडेरीको जिल्ला भनेर चिनीदै आएको बाजुरामा बिभिन्न बिकास संगै ब्यबासयीक र औधगीक चेतनाले पनी चिनीन थालेको छ । त्यसैको उपज बडिमालिका नगरपालिका २ घागरमा सृष्टि पलाष्टिक चप्पल उद्योग संचालनमा आएको छ । धेरैलाई लाग्न सक्छ युटुव मनोरन्जनको एक माध्याम हो तर बाजुराका यि युवाले युटुमा चप्पल बनाउने बिधी नै सिकेर बाजुरामै चप्पल कारखाना संचालनमा ल्याएका छन । उनीसंग इच्छा सक्ति थियो तर लगानीको श्रोत थिएन तर पनी उनको इच्छा सक्ती नै पुरा भएको छ ।
चप्पलका लागि प्रयोग हुने रबर मात्र जिल्ला बाहिरबाट ल्याउनु पर्ने बताएका छन् । बाजुरा जिल्लालको बडिमालिका नगरपालिका वडा न २ का दुई जना महिलाले चप्पल कारखाना केही समय अगि देखी संचालनमा ल्याएका छन् । गरे के हुदैन भन्ने उदेस्यका साथ तिन महिलाहरुले सो उध्योग संचालनमा ल्याएका छन । अहिलेको प्रबिधिको सदुपयोग गर्ने हो भने इच्छासक्ती र काम गर्न सकिदो रहेछ भन्ने उदाहरण ति महिलाले बाजुरामा देखाएकी छन् । उनले युटुव चलाउदै जादा चप्पल बनाउने बिधीका बारेमा थाहा भयो र पलास्टीक चप्पल आफु पनी बनाउन सक्छौ भनेर युटुवबाट मिलेको प्रेणाले एक युवा सहित २ जना महिलाहरुको संलग्नतामा चप्पल उद्योग संचालनमा ल्याएको मन बहादुर महतले बताए । एक दिनमा ५ सय जोडी भन्दा बढि चप्पल उत्पादन हुन सक्ने उनले बताए ।
जिल्लामै पहिलो पटक २ महिला सहित ३ जना युवाहरुले चप्पल उद्योग संचालनमा ल्याएपछी जिल्लाका धेरै मान्छेले यो सम्भव होला र लगानी गर्न सकिन्छ की नाई भन्ने भएपछी सेभ द चिल्ड्रेनेको आर्थिक सहयोगमा पीसविन बाजुराद्धारा संचालित युवा सशक्तिकरण बुलगारी परियोजनाको आयोजना तथा आर्थिक सहयोगमा आफुहरुलाई चप्पल बनाउने तालिममा पनी पठाएको र अहिले गाउँमै सो उद्योग संचालन करिव ७ लाखमा संचालनमा ल्याएको संचालक महिला किट्टी महतले बताइन ।


उक्त उद्योग स्थापनाका लागि पीसविन बाजुरा यूवा सशक्तिकरण बुलगारी परियोजनाले उद्यमी यूवाहरुलाई तालिम प्रदान गर्नुका साथै उद्योगको स्थापनाका लागि एक लाख बरावरको रकम मेसिन खरिदका लागि सहयोग गरेको पीसविन बाजुरा युवा ससक्तीकरण परियोजना अधिकृत धर्म रोकायाले बताए । उक्त उद्योगले हाल दैनिक १ सय भन्दा बढि जोर चप्पल उत्पादन संचालकहरुले बताएका छन् । पीसविन बाजुराद्धारा सँचालित यूवा सशक्तिकरण बुलगारी परियोजनाले माद्यमिक तहका विद्यार्थीहरुको निरन्तरताका लागि विभिन्न क्रियाकलापहरु सँचालन गर्नुका साथै शिक्षकहरुको क्षमता अभिबृद्धि, १८ देखि २२ वर्ष सम्मका युवाहरुलाई लघु उद्यम तालिम र छोटो अवधिको सीप विकास तालिम प्रदान गर्नुका साथै जीवन उपयोगी तालिमहरु पनि सँचालन गर्दै आईरहेको परियोजना अधिकृत रोकायाले बताए ।


उनिहरुले व्यवसायिक योजना निर्माण गरि पीसविन बाजुरासँग चप्पल उद्योग सँचालनका लागि छलफल गरे पश्चात दुवै जनाको सँयुक्त लगानी तथा सम्झौता बमोजिम सृष्टी चप्पल उद्योग नामको उद्योग दर्ता तथा कानूनी प्रक्रिया पुरा गरि बडीमालिका नगरपालिकाको घागर स्थित घर नजिकै चप्पल उद्योगको स्थापना गरेका हुन । धेरै लाई लाग्न सक्छ युटुवले जिवन परिर्वतन गरेको तर त्यो युटुव नै महत परिवारको एक जलन्त उदारणको रुपमा रहेको घटना हो । मान्छे संग इच्छा सक्ति भए मात्र आर्थिक रुपमा सहयोग गर्ने धेरै भेटीन्छन भन्ने उदाहरण पनी हो । साे उद्याेगकाे सुदुर पश्चिम प्रदेशका अान्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले एक कार्यक्रमका बिच उद्घाटन गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार