शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • खेलकुद
  • थाइल्यान्ड ओपन बक्सिङ च्याम्पियन्सिपका लागि पुनम छनोट

थाइल्यान्ड ओपन बक्सिङ च्याम्पियन्सिपका लागि पुनम छनोट

  • बिहिबार, फाल्गुन १५, २०७६
थाइल्यान्ड ओपन बक्सिङ च्याम्पियन्सिपका लागि पुनम छनोट

‘थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियन्सिप’का लागि नेपाली खेलाडी पुनम रावल छनोट भएकी छन्। नेपाल आर्मी क्लबबाट घरेलु प्रतियोगिता खेल्दै आएकी पुनम काठमाडौंमा जारी छनोट प्रतियोगिताबाट महिला ६० केजी फाइनलमा पुनमले काभ्रेकी डेक्छेन शेर्पालाई पराजित गर्दै थाइल्यान्ड यात्रा तय गरिन्।

नेपाल बक्सिङ संघद्वारा आयोजित छनोट प्रतियोगिताको पुरुष ५२ केजीमा नेपाल प्रहरीका चन्द्रबहादुर थापाले दाङका सुरज ओली तथा आर्मीका सुशिल थापा मगरले रामेछापका सुवास तामाङलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेका छन्। पुरुष ५७ केजीमा ललितपुरका बुद्ध ग्याम्जो लामाले कास्कीका जुनेश गुरुङ तथा आर्मीका पुरन सुनुवारले प्रहरीका शम्भु राजवंशीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरे।

पुरुष ६३ केजीमा झापाका अभिनय राई र काठमाडौंका सनिल शाहीले फाइनल यात्रा तय गरेका छन्। अभिनयले नक्सालका मौसम राना मगर तथा सनिलले आर्मीका दानबहादुर दर्लामीको चुनौती पन्छाए। प्रतियोगिता बिहीबार सम्पन्न हुने छ।

चर्चामा

सम्बन्धित समाचार