मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • राजनीति
  • विद्यार्थी संगठनहरुलाई उपकुलपति,शिक्षाध्यक्ष,रजिस्ट्रार चाहियो वा स्वबियु निर्वाचन?-नेता रावल

विद्यार्थी संगठनहरुलाई उपकुलपति,शिक्षाध्यक्ष,रजिस्ट्रार चाहियो वा स्वबियु निर्वाचन?-नेता रावल

  • मङ्लबार, फाल्गुन १३, २०७६
विद्यार्थी संगठनहरुलाई उपकुलपति,शिक्षाध्यक्ष,रजिस्ट्रार चाहियो वा स्वबियु निर्वाचन?-नेता रावल

फाल्गुन १४ का निम्ति घोषित स्वबियु निर्वाचन नहुने निश्चित भए संगै दुई-दुई पटक ६/६ महिना थप गरेको समय सकिदा आजबाट त्रिभुवन विश्वविधालय लगाएत देश भरका क्याम्पसहरु स्वबियु बिहिन भएका छ्न| विद्यार्थी हक हितका आवाज बिलन्द गर्ने स्वतन्त्र विद्यार्थी युनियन को अस्तित्व नै समाप्त हुने भएपछी नेबि संघ त्रिभुवन विश्वविधालय समिती सचीव,युवा नेता योगेन्द्र रावलले बिद्यार्थी सङ्गठनहरु लाई उपकुलपति,शिक्षाध्यक्ष र रजिस्ट्रार चाहिएको हो वा स्वबियु? भन्दै गम्भीर प्रश्न खडा गरेका छन् | नेता रावलले टुईट गर्दै-उपकुलपति,शिक्षाध्यक्ष,रजिस्ट्रार चाहियो भनि दर्जनौं बिज्ञप्ति निकाल्ने विद्यार्थी संगठनहरुले त्रिवि लगायत देश भरका क्याम्पसहरु आजबाट स्वबियु बिहिन हुँदा समेत विश्वविधालयमा स्वबियु निर्वाचन चाहिन्छ भनि एउटा लेटरप्याड सम्म खर्चिन सकेनन् ! कारण एउटै थियो दाना-पानी बन्द हुने डर|” यस्तो प्रश्न गरेका हुन् | उपकुलपति,शिक्षाध्यक्ष,रजिस्ट्रार तथा अन्य डिनहरु नियुक्त गर्दा सिमा क्षेत्र नागेर ज्ञापनपत्र बुझाउने र अमुख पात्र नियुक्त गर्न दबाब दिने विद्यार्थी नेताहरु आफुले लडेर ल्याएको,विद्यार्थी हक-हितका निम्ति लड्ने साझा मञ्च स्वबियु नहुदा एउटा लेटरप्याड सम्म खर्चिन नसक्नु दु:खद भदै नेता रावलले विद्यार्थी नेताहरु ले २०३६ सालको विद्यार्थी आन्दोलनको उपलब्धि स्वबियु निर्वाचन भन्दै ध्वनि प्रदुषण को भाषण गरेता पनि स्वबियु निर्वाचन हुँदा आफ्नो दाना-पानी बन्द हुने डरले सबै विद्यार्थी सङ्गठनहरु निर्वाचन बाट भागेको गम्भीर आरोप लगाउनु भयो| लामो समय देखि स्वबियु निर्वाचन नहुदा विद्यार्थी संगठन कै औचित्य खतरामा परेको छ| कक्षाकोठाका हरेक विद्यार्थीहरु ले स्वबियु चाहेता पनि विद्यार्थीको नेता विद्यार्थी नहुनु नै निर्वाचन नहुनुको प्रमुक कारण हो|

चर्चामा

सम्बन्धित समाचार