शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • डोटीको केआईसिंह गाउँपालिकाद्वारा अल्ट्रासाउण्ड सेवा सुरु

डोटीको केआईसिंह गाउँपालिकाद्वारा अल्ट्रासाउण्ड सेवा सुरु

  • सोमवार, फाल्गुन १२, २०७६
डोटीको केआईसिंह गाउँपालिकाद्वारा अल्ट्रासाउण्ड सेवा सुरु

डोटी– गर्भवती महिलाहरुलाई गाउँघरमा स्वास्थ्य चेकजाचँमा सहजता पुगोस भन्ने उद्देश्यले जिल्लाको के आई सिंह गाउँपलिकाले ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु गरेको छ। ‘ग्रामीण क्षेत्रमा रहेका गर्भवती महिलाहरुको स्वास्थ्य अवस्थालाई लक्षित गरि निःशुल्क रुपमा सेवा सुरु गरिएको के आई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीले बताए।

‘गाउँघर तिर सेवा यस्तो नपाईने अल्ट्रासाउण्ड गर्न २/३ घण्टाको कच्चीबाटोमा हिडेर राजपुर, दिपायल तिर जानु पर्ने समस्याको अन्त्य भई गर्भवती महिलाहरु आफ्नो गाउँघरमा सेवा उपभोग गर्न सहजता होस भन्ने उद्देश्यले सेवा सुचारु  गरिएका हो।’ उनले भने। गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थाहरुबाट सेवा प्रबाह हुने भएकाले सबैलाई सेवा उपभोग गरि फाईदा उठाउन समेत अध्यक्ष शाहीले आग्रह गरे।

ग्रामीण अल्ट्रासाउण्ड सेवाबाट गर्भवती महिलाको र बच्चाको स्वास्थ्य अवस्थाकोवारे जानकारी हुनुका साथै स्वास्थ्य समस्याको बारेमा पहिचान भई उपचार गर्न सहज हुने केआई सिंह गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक तिल बहादुर बोहराले बताए।

‘गर्भवती महिलाहरुका लागि निःशुल्क रुपमा अल्ट्रासाउण्ड सेवा गाउँपालिका अन्र्तगत रहेका पाँच वटा स्वास्थ्य संस्थाबाट महिनाको एक पटक पुग्ने गरी र दुर्गामाण्डौ स्वास्थ्य चौकीबाट नियमित रुपमा सेवा उपलब्ध गराईने छ।’ उनले भने। ‘२१ दिने तालिम लिएका दक्ष स्वास्थ्यकर्मी बाट अल्ट्रासाउण्ड सेवा उपलब्ध गराईने व्यवस्था छ।’

डोटी जिल्लाका नौ स्थानीय तहमध्ये सात वटामा ग्रामीण अल्ट्रासाउण्ड सेवा सुरु भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए। ‘सायल र बडीकेदार गाउँपालिका पहिलो चरमा एसविए तालिम प्राप्त स्वास्थ्यकर्मी नहुदाँ छुटेका थिए।’

उनले भने ‘अव उक्त गाउँपालिकामा समेत सेवा सुचारु तयारी भईरहेको छ।’ सुदूरपश्चिम प्रदेश सरकारले एक स्थानीय तह एक अल्ट्रासाउण्ड मेसिन उपलव्ध गराई सेवा सुरु गर्ने कार्यक्रम अन्र्तगत केआई सिंह गाउँपालिकाले सेवा सुचारु गरेको हो। साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार