शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • अलपत्र मैना दमाईको उपचार काठमाडौमा हुदै

अलपत्र मैना दमाईको उपचार काठमाडौमा हुदै

  • आइतवार, फाल्गुन ११, २०७६
अलपत्र मैना दमाईको उपचार काठमाडौमा हुदै

बडिमालिका नगरपालिका ९ बस्ने ४५ बर्षिय मैना दमाईको उपचार काठमाडौमा हुने भएको छ । उपचार अभाबमा अस्पतालको बेडमा जिवनमरणको दोसाधमा छटपटाइरहेकि बडिमालिका खबरमा समचार प्रकाशित पछि उनलाई उद्धार गरेर काठमाडौमा उपचार शुरु भएको छ ।
समचार प्रकाशित भएपछि नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानले काठमाडौ उपचार गर्ने भएको संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् । बस्नेतका अनुसार मधुमेहको उपचार शिक्षण अस्पताल गर्ने वताएका छन् । त्यो सँगै मैनाको ठुलो समस्या मानसिक असुन्तलन समस्या रहेको उनले वताए । १ महिना सम्म मेरीनो नेपालमा राखेर मानसिक समस्याको उपचार गर्ने वताए । मधुमेहको समस्या भन्दा उनलाई मानसिक असुन्तलन रहेको चिकित्सकले वताएका छन् । आइतबार मात्र मैनाले शिक्षण अस्पतालमा लगेको भोली मात्र भर्ना गरेर उपचार शुरु गर्ने संस्थाले वताएको छ ।
अलपत्र मैनाको जिल्ला अस्पताल बाजुरामा उपचार सम्भब नभएपछि उनलाई उद्धार गरेर सेति अञ्चल अस्पताल धनगढी पठाईएको थियो तर उनि सँग गएका आफन्तले काठमाडौ पुयाएका थिए । जिल्ला अस्पताल बाजुरा, बडिमालिका नगरपालिका, सेभ हाउसको सहयोगमा उनलाई काठमाडौ पठाईएको साहयक महिला विकास निरिक्षक बिन्दु बडालले वताएकि छन् ।
मधुमेह बाट थला परेकी मैनालाई स्थानिय शिक्षकको सहयोगमा जिल्ला अस्पताल पुयाएको थियो । अस्पतालमा १ हप्ता उपचार गरेपनि उनको रगतमा सुगरको मात्र धेरै रहेकोले उपचारका लागि रिफर गरेको छ । सामान्य सुगरको मात्रा ७० देखी १ सय ४० सम्म हुनु पर्ने हुन्छ, उनको भने बढेर ३ सय भन्दा बढि रहेको अस्पतालकि नर्स मनदेबी पाध्यायले वताएकी छन् ।
मैना अस्पतालको शैयामा मृत्यु कुरीरहेकी छन्, उनि बोल्न सक्ने अबस्थामा पनि छैन् । अन्यत्र लिन न पैशा छ न आफन्त रहेको आमा धनी सनाईले वताएकि छन् । बाजुरा अस्पतालमा मधुमेहको ट्याब्लेट मार्फत मात्र उपचार हुने गरेको छ, उनको रोग जटिल भइसकेकोले सुई मार्फत उपचार गर्नुपर्ने रहेको यहाँ सम्भब नभएपछि सबैको पहल र सहयोगमा धनगढी पठाईएको अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् ।
स्थानिय शिक्षक प्रमोद नेपालले ति महिलालाई उद्धार गरेर अस्पताल पुयाएको हो, हामी पनि उपचारका लागि पहल गरिरहेका हौ, बडिमालिका महिला शाखाकि प्रमुख केशरी रोकायाले वताएकि छन् । मैनालाई अस्पतालमा अलपत्र रहेको खबर पाएपछि बडिमालिका नगरपालिकाको महिला शाखाले उपचारका लागि पहल गरेको वताईन् ।

चर्चामा

सम्बन्धित समाचार