शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • सामाजिक सुरक्षा, घटना दर्ता तथा कार्यालय सञ्चालन गोष्ठी सम्पन्न

सामाजिक सुरक्षा, घटना दर्ता तथा कार्यालय सञ्चालन गोष्ठी सम्पन्न

  • शनिबार, फाल्गुन १०, २०७६
सामाजिक सुरक्षा, घटना दर्ता तथा कार्यालय सञ्चालन गोष्ठी सम्पन्न

बाजुरा १० फागुन —  बडीमालिका नगरपालिकाका वडा अध्यक्ष र वडा सचिवका लागि दुई दिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । वडाकाे कामकाज कसरी गर्ने भन्ने बिषयमा दुइ दिने गाेष्ठीकाे अायाेजना गरिएकाे हाे । नगरपालिकाका वडामा सचिव नियुक्ति भए पछी कुन काम कसरी गर्ने भन्ने अन्योलता सिर्जना भएकोले अभिमुखीकरण गोष्ठी आयोजना गरिएको नगर प्रमुख पदम बडुवालले बताए । घटना दर्ताका विषय सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारी र खप्तड छेडेदह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर थापाले सहजीकरण गरेकाे बिडमालिका नगरपािलकाका प्रशासन सहायक बिरबहादुर बिष्टले बताए । योजना तर्जुमा र कार्यान्वनका विषयमा बडीमालिका नगरपालिकाका सब इन्जिनियर उमेश बहादुर बडुवालले सहजीकरण गरेका थिए । आर्थिक प्रशासन र लेखा व्यवस्थापनका विषयमा लेखापाल मणिराम खत्रीले सहजीकरण गरेकाे बिष्टले बताए । अनलाइन घटना दर्ता र सामाजिक सुरक्षाका विषयमा सूचना प्रविधी अधिकृत हेम थापा र फिल्ड सहायक बिर बहादुर चदाराले गरेका थिए । फागुन ९ गते नगर प्रमुख पदम बडुवालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नगर उप प्रमुख कविता विष्ट, ८ जना वडा अध्यक्षहरु राम बहादुर कार्की , डम्बर बहादुर महत, वीरबहादुर रावल, सुरेन्द्र नाथ, बलबहादुर थापा, कला बडुवाल र प्रकाश रावल को उपस्थिति थियो भने वडा सचिवहरु क्रमशः विष्णुप्रसाद चौधरी श्रीप्रसाद चौधरी, ईश्वर कुमारी कार्की, सरिता कुमारी ठकुल्ला विजय कुमार शाही, विवेक शाह, टीकाराम उपाध्याय र वडा न ८ बाट सहयोगी कर्मचारी मनबहादुर रावल र ९ बाट भक्त विकको समेत उपस्थिति रहेका बडिमालिका नगरपालिकाले जनाएकाे छ । बडीमालिका नगरपालिकाको हलमा सञ्चालित कार्यक्रम प्रशासन सहायक वीरबहादुर विष्टले सञ्चालन गर्नुभएको थियो । नगरपालिकाले एकदमै व्यावहारिक ज्ञान र सीप प्रदान गर्न आयोजना गरेको गोष्ठीले काममा निकै सहजता प्रदान हुने सहभागीको भनाइ रहेकोछ । नितान्त व्यावहारिक र दैनिक कामकाजमा आधारित अभिमुखीकरण गोष्ठीले धेरै अन्योलता चिर्ने विश्वास लिएका छौं वडा न ५ करा अध्यक्ष बलबहादुर थापाले भने । सामान्य भन्दा सामान्य कुराको पनी मेलोमेसो नहुँदा काम गर्न निकै अफ्ठ्यारो थियो अव कुन काम कसरी गर्ने भन्ने जानकारी पायौं काममा सहज हुनेछ वडा सचिव विष्णु प्रसाद चौधरीले बताए । लोकसेवा आयोगले सिफारिस गरी पठाएका कर्मचारीलाई कुनै तहबाट कार्यसञ्चालन तालिम नहुदाँ निकै समस्या भएको छ । सरोकार निकायले बेलैमा ध्यान पूर्याओस ।

चर्चामा

सम्बन्धित समाचार