सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • सदरमुकाममै सेवाग्राहीकाे धारामा हप्तामा एक दिन मात्रै पानी

सदरमुकाममै सेवाग्राहीकाे धारामा हप्तामा एक दिन मात्रै पानी

  • शुक्रबार, फाल्गुन ९, २०७६
सदरमुकाममै सेवाग्राहीकाे धारामा हप्तामा एक दिन मात्रै पानी

बाजुरा जिल्ला सदरमुकाममा मार्तडीमा महीनौदेखी खानेपानी अभाव भएको छ । केही महिनादेखि खानेपानीको समस्या झेल्दै आएका सदरमुकामवासी धेरै महिनादेखी खानेपानीको समस्यामा भोग्न बाध्य भएका छन । स्थानीय जनप्रतिनिधीको पहिलो प्रथमीकता पानी भए पनी हप्तामा एक दिनमात्र सेवाग्रहीले आफ्नो धारामा पानी भर्न पाउछन् ।
स्थानीय तह भईसके लगत्ते बृहत मार्तडी खानेपानीको सुधारका लागी करोडौ बजेट बिनीयोजन गरेको भए पनी सेवाग्राहीलाई भने पानी पु¥याउन सकेको देखीदैन । नगरपालिकाका जनप्रतिनीधी र कर्मचारीले यस बिषयमा चासो नदिएको बनाउदै छौ भनेर आलटाल गर्ने गरेको स्थानीयले बताउदै आएका छन् । हप्तामा एक दिन धारामा पानी आउछ त्यही दिन मात्र सेवा पाउछौ महिनामा ४ दिन पानीको पुरै महिनाको बिल भुक्तानी लिन्छन स्थानीयले बताएका छन् ।
बडीमालिका नगरपालिकाले मार्तडीमा खानेपानी व्यवस्थित गर्ने योजना बनाएको लामो समय भए पनि समस्या समाधान हुन सकेको छैन । धारामा पानी आउन छाडेपछि स्थानीय बासिन्दा र बजारवासी थापावाडा बाउली र विद्युत् नहरको पानी खान बाध्य भएको स्थानीय होटल ब्यबासायीले बताए ।
बडीमालिका नगरपालिकाले चारवटा ठूला खानेपानी ट्यांकी निर्माण गरे पनि सदरमुकाममा भने खानेपानी प्रयाप्त मात्रामा नपुगेको स्थानीय स्थानीयको आरोप छ । खानेपानीको प्रबन्ध मिलाउन पटक–पटक नगरपालिकालाई आग्रह गरे पनि समस्या समाधान हुन्छ भन्दै टार्ने गरेको स्थानीय

चर्चामा

सम्बन्धित समाचार