सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • राजनीति
  • मन्त्री बाँस्कोटाको राजीनामापछि स्वीट्जरल्याण्ड दूतावासले खोल्यो रहस्य (विज्ञप्तिसहित)

मन्त्री बाँस्कोटाको राजीनामापछि स्वीट्जरल्याण्ड दूतावासले खोल्यो रहस्य (विज्ञप्तिसहित)

  • शुक्रबार, फाल्गुन ९, २०७६
मन्त्री बाँस्कोटाको राजीनामापछि स्वीट्जरल्याण्ड दूतावासले खोल्यो रहस्य (विज्ञप्तिसहित)

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस स्वीट्जरल्याण्डबाट खरिद गर्न लाग्दा त्यसमा ७० करोड रुपैयाँँ घुस बार्गेनिङ गरेको व्यहोराको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिनुपरेको छ ।

मन्त्री बांस्कोटाको राजीनामा लगत्तै नेपालस्थित स्वीट्जरल्याण्ड दूतावासले भने सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मन्त्री बाँस्कोटाले स्वीस कम्पनीसँग कुनै बार्गेनिङ नभएको जनाएको छ ।  दूतावासले बिहीबार प्रेस विज्ञप्ति जारी गरेर मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० कराेड बार्गेनिङ नगरेको प्रष्ट्याएको छ ।

दूतावासले अडियोमा सार्वजनिक मन्त्रीसँग बोल्ने विजय मिश्र  स्वीस कम्पनीको एजेन्ट नरहेको समेत जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार