शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • उपमेयरको यस्तो लाज मर्दाे हर्कत : अनमीले छोडिन् जागिर

उपमेयरको यस्तो लाज मर्दाे हर्कत : अनमीले छोडिन् जागिर

  • बुधबार, फाल्गुन ७, २०७६
उपमेयरको यस्तो लाज मर्दाे हर्कत : अनमीले छोडिन् जागिर

बझाङ — जिल्लाको बुङल नगरपालिका उपमेयर मिना जागरीले आफुले स्वयमसेविकाको भत्ता नपाएको भन्दै कफलसेरी स्वास्थ्य चौकीका प्रमुख शिवराज खठायतलाई गालीगलोज गरेकी छन् । कात्र्तिक महिनामा भिटामिन ‘ए’ खुवाएबापतको स्वयमसेविकालाई दिईने भत्ता नदिएको भन्दै खडायतलाई गालीगलोज गरेकी हुन् ।

सार्वजनिक अडियोमा उनले उपमेयर को हो भन्ने कुरा भेटमा चिनाई दिने भन्दै धम्की दिएकी छन् । अडियोमा उपमेयर जागरीले खडायतलाई ‘तेरो कुरा सुन्नुछैन’ भन्दै अपशब्द प्रयोग गर्दै गाली गलोज गरेकी छन् । सबै स्वयमसेविकको पैसा दिई सकेको भए पनि ‘तपाईलाई नभेटेका कारण पैसा दिन सकिएन’ भन्ने प्रसंगमा उपमेयर जागरीले अपशब्द प्रयोग गर्दै तुच्छ शब्द प्रयोग गर्दै गालीगलोज गर्न भ्याईन् ।

कुराकानीका सिलसिलामा उनले भुक्तानीका बेला किर्ते दस्तखत गर्न कुन कानुनले दिएको छ, भनेकी छन् । तर उपमेयरलाई दोहोर सुविधा लिन पाउने कानुनमा छैन भन्ने समेत थाहा छैन् । स्वास्थ्य चौकी प्रमुख खडायतले माफी माग्दा पनि उनको आक्रोश रोकिएन् । सविक कफलसेरी गा.वि.स वडा नं की स्वयमसेविका रहेकी उपमेयर जागरी हाल बुङल नगरपालिका उपमेयर हुन् । स्वयमसेविकाको पदबाट राजिनामा नदिएरै उनी उपमेयर भएकी हुन् । अहिले पनि उनी स्वास्थ्य चौकीले स्वयमसेविकालाई दिने भत्ता लिदैँ आएकी छन् ।

यस्तै घरमा सुत्केरी भएकी महिलालाई सुत्केरी भत्ता नदिएको भन्दै उनै उपमेयर मीना जागरीले कफलसेरी स्वास्थ्य चौकीमा कार्यरत अनमी निरुपति चौधरीलाई अभद्र व्यवहार गरेकी छिन् । नियमानुसार घरमा सुत्केरी भएकी महिलालाई सुत्केरी भत्ता दिन नमिल्ने भनेपछि उपमेयर जागरीले अनमी चौधरीलाई तथानाम गाली गर्दै जागर छोडेर जान धम्की दिएकी थिईन् ।

उपमेयरको धम्की छि अनमी चौधरीले पत्र लेख्दै जागिर छोडेर हिडेको स्वास्थ्य चौकी प्रशासनले जनाएको छ । अनमी चौधरी विगत तीन बर्षदेखी करारमा काम गर्दै आएकी छन । उपमेयर जागरी स्वास्थ्य संस्थामै पुगेर अनमी चौधरी माथी खनिएकी हुन् । अडियोमा जागरीले अनमी चौधरीलाई बुवाको छोरी भए जागिर छोडेर जा भन्दै गाली गलोज गरेको प्रष्ट छ ।

अगाडीको समयमा व्यवहारिक रुपमा घरमा सुत्केरी भएकी महिलालाई पनि सुत्केरी भत्ता दिदैँ आएको अडियोमा प्रष्ट छ । गरिब तथा आर्थिक अवस्था नाजुक भएकालाई व्यवहारिक रुपमा दिदाँ फरक नपर्ने भन्दै उपमेयर जागरीले चौधरीलाई आग्रह गरेको तर अनमी चौधरीले दिन नमिल्ने बताएपछि अनमीलाई धम्क्याएको प्रष्ट हुन्छ । अगाडीको आर्थिकको जिम्मा आफुलाई थाहा नभएको भन्ने अनमीको जवाफमा उपमेयर जागरीले ‘म संग बढी फुर्ति लगाउने, तेरो बाउले दिएको उपमेयर हो ? अहिल्यै जागिर छोडेर गईहाल’ भनेकी छन् ।

यस विषयमा जानकारी लिन अनमी चौधरीसँग सम्पर्क हुन सकेन् । यस विषयमा उपमेयर जागरीले भने स्वास्थ्य क्षेत्र सुधारका लागि सामान्य भनाभन मात्र भएको बताएकी छिन । उनले बाहिर भन्नेले आफ्नो बेईज्जत गर्न खोजेको भन्दै नाम जोडेर अनावश्यक हल्ला फैलाएको दुखेसो गरिन् ।

सामान्य भनाभन भएको स्विकार गर्दै उपमेयर जागरीले स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठकले सबै कुरा मिलाई सकेको र अनमी चौधरीलाई जागिर नछोडन फोनमार्फत आग्रह गरेको बताईन् । “जागीर छोडेर गयो भन्ने सुनेकी छु । मैले आक्रोशमा केही नराम्रो शब्द बोलेर गल्ती भएको भए पनि राजनैतिक प्रतिसोधका कारण विपक्षीले नानाथरी आरोप लगाएर बदनाम गर्न खोजे” उनले भनिन् ।

चर्चामा

सम्बन्धित समाचार