बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • सुरक्षित गर्भपन सेवा कार्यक्रमको समितिद्धारा अनुगमन

सुरक्षित गर्भपन सेवा कार्यक्रमको समितिद्धारा अनुगमन

  • मङ्लबार, फाल्गुन ६, २०७६
सुरक्षित गर्भपन सेवा कार्यक्रमको समितिद्धारा अनुगमन

पदम सिंह / बाजुरा ६ फागुन – पीसविन बाजुराले आईपास नेपालको साझेदारीमा र जिल्ला अस्पताल बाजुराको समन्वयमा र सहकार्यमा संचालिन कार्यक्रमको आज बुढीगंगा नगरपालिकामा नगरस्तरिय समितिले छलफल तथा अनुगमन गरेको छ । सन २०१९ जुलाई दखि डिसेम्बरसम्म ६ महिनासम्म संचालन भएको क्रियाकलापहरुको प्रभावकारीता र गुणस्तरियताका बारेमा बुढीगंगा नगरपालिकाका मेयर दिपक बिक्रम शाह, स्वास्थ्य संयोजक दिपक शाह लगाएत अन्य स्वास्थ्यकर्मी र नुवाघर आमा समुहसंग छलफल तथा सुझाव सल्लाह गरेको छ ।
असुरक्षित गर्भपतनबाट हुने मृत्यू र रुग्णतालाई न्यूनिकरण गरेर महिला प्रजनन र स्वास्थ्यमा सुधार ल्याई गुणस्तर जीवन यापन गर्न सहयोग पुर्याउने उद्देश्य रहेको सुरक्षित गर्भपतन सेवा कार्यक्रमकी परियोजना अधिकृत्त सरिता बिष्टटले बताईन । अनिच्छित गर्भपतन न्यूनिकरण गर्ने र गर्नै परे मान्यता प्राप्त स्वास्थ्य सस्था र तालिम प्राप्त स्वास्थ्यकर्मीद्धार गर्न सल्लाह जानकारी दिने । सुरक्षित गर्भपतन सेवा लिएका महिला तथा किशोरिहरुलाई पुन अनिच्छित गर्भ हुन नदिन परिवार नियोजन सम्बन्धि सल्लाह र सेवा सुनिच्छिताबारे जानकारी गर्ने गरेको बिष्टले बताईन । अन्य प्रजनन स्वास्थय सेवा सम्बन्धि समस्या भएमा त्यसको पहिचान गरी उपचार र प्रेषणमा समेत सहयोग गर्ने उनले बताईन ।
आईपास सुदुरपश्चिम प्रदेशका संयोजनक शंकरसिंह धामीले संविधानले महिलाको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकको रूपमा संस्थागत गरेको छ । यससम्बन्धी धारा ३८ को पूर्ण कार्यान्वयनका लागि संसद्ले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ बनेको बताए । साथै गर्भवती महिलाको मन्जुरीमा बाह्र हप्ताम्मको गर्भ र अन्य गर्भपतन गर्भपती महिलाको ज्यानमा खतरा पग्ुन सक्छ । शारिरिक वा मानसिक खराबी स्वास्थयमा खराबी जजस्ता समस्या उत्पन्न हने भएमा महिलाको मन्जुरीमा २८ हप्तासम्मको सुरक्षित गर्भपतन गराउन सक्ने ब्यबस्था नेपाल सरकारले ल्याएको छ ।


बुढीगंगा नगरपालिकाका नगरप्रमुख दिपक बिक्रम शाहले सकरात्मक र स्वास्थ्य सुधाको लागी जस्तो सुकै अपस्थामा लागी पर्ने बताए । अब छिट्टै नगरपालिकाले स्वास्थ्य एैन बनाउदै छ । त्यसमा सुरक्षित गर्भपनको विषयलाई बिशेषरुपमा समेट्ने शाहले बताए । सुरक्षित गर्भपन सम्बन्धि र स्वास्थ्यका अन्य क्रियाकलापमा बिशेष चासो र चिन्ता गराएको प्रति पीसबीन बाजुरा र आईपासलाई धन्यबादसमेत दिए । बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजन दिपक शाहले सुरक्षित गर्भपतन बारे जनचेतना जगाउन स्वास्थ्य स्वयसेविकाहरुलाई तालिम दिनु पर्ने, अन्य स्वास्थ्यकर्मीहरुलाई तालिम दिएर स्वास्थ्यको पहुच नपुगेका गाउ बस्तिहरुमा सेवाको लागी पठाउदा सेवामा सुरक्षित हुने बताए । संचार माध्याम तथा समाजिक संजाल पोट बनाएर सुरक्षित गर्भपनका सन्देशहरु प्रहबाह गर्दा मोबाई म्यासेज समय समयमा पठाउने गर्दा सेवा राम्रो प्रभाबकारी र गुणस्तरिय हुने छलफलमा सहभागीहरुले बताएका थिए ।
अनुगमन टोलीले बुढीगंगा नगरपालिकाको तल्लो नुवाघरका आमासमुहसंग छलफल तथा परामर्पस गरेको थियो भने बाजुरा स्वास्थ्य चौकीमा बुढगिंगा नगरपालिकाका मेयर दिपक बिक्रम शाह, स्वास्थ्य संयोजक दिपक शाह लागाएत अन्य स्वास्थ्यकर्मीहरु र अनुगमन टोलीका पदाधिकारीहरुले छलफल गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार