बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • संगठन निर्माणमा नेकपा केन्द्रीय सदस्य लाल बहादुर थापा बाजुराका गाँउमा

संगठन निर्माणमा नेकपा केन्द्रीय सदस्य लाल बहादुर थापा बाजुराका गाँउमा

  • मङ्लबार, फाल्गुन ६, २०७६
संगठन निर्माणमा नेकपा केन्द्रीय सदस्य लाल बहादुर थापा बाजुराका गाँउमा

नेकपाका केन्द्रिय सदस्य तथा बाजुरा ईन्चार्ज सासंद लाल बहादुर थापा यति बेला बाजुराका गाँउमा संगठन निर्माणमा सक्रिय भएका छन् । काठमाडौ बाट जिल्ला पुगेका सासंद थापा सदरमुकामका कार्यक्रम सकेर उत्तरी क्षेत्रमा पुगेका थिए । स्थानिय तहमा योजनाहरुको अनुगमन सँगै पाटिकाको काममा सक्रिय भएको नेकपा कार्यलय सचिब काशि बिकले बडिमालिका खबरलाइ बताएका छन् । सासंद थापको सक्रियतामा नेपाली काँग्रेस पाटि परित्याग गरेर सयौ परिवार नेकपा प्रबेश भएका छन् । अहिले सासंद गौमुल गाँउपालिकामा पाटिको काममा सक्रिय रहेको नेकपा बाजुराले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टी गौमुल २ नम्बर वडा संगठन कमिटीका सदस्यहरुले साेमबार मात्र सपथ ग्रहण गरेका छन् । २ नम्बर वडा कार्यालय तल्दुगुनको प्राङ्गगणमा आयोजित एक औपचारिक कार्यक्रमका बीच वडा कमिटीका सदस्यहरुले सपथ ग्रहण गरेका हुन । वडा संगठन कमिटीमा २९ जना सदस्य अटाएका छन । नेकपा केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज एवंम प्रतिनिधि सभा सदस्य लाल बहादुर थापाले उनीहरुलाई सपथ ग्रहण गराएका थीए ।

उनीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गर्दै नेकपा केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज एवंम प्रतिनिधि सभा सदस्य लाल बहादुर थापाले आगामी दिनमा पार्टीका नियमित क्रियाकलापमा कटिबद्ध भएर लाग्न निर्देशन दिनुभएको छ । दुई तिहाई बहुमतको समर्थन पाएको सरकारले देश र जनताको पक्षमा सुशासन र समृद्धि निर्माणको लागि छलाङ्ग मारिरहेको अवस्थामा नेकपा बाजुरा भित्र गुटउपगुट गर्ने जो कोही नेता तथा कार्यकर्तालाई छुट नहुने उल्लेख गर्नुभएको छ ।

साथै जिल्लाको समग्र विकास निमार्णका लागि सबै नेता तथा कार्यकर्ताले एक ढिक्का भएर लाग्न आग्रह गर्नुभएको छ । नेतृत्वलाई गलत सूचना दिएर पार्टी भित्र विभाजन गर्नहरुको संख्यामा बृद्धि भएको बताउँदै जो सुकै भएपनि अब कार्बाही गरिने बताउनुभएको छ ।

साथै थापाले गौमुल गाउँपालिकाको विकासका लागि आफु सधैं तयार रहेको बताउँदै जिल्लाको सिंगो विकासका लागि आफु सत्तामा हुदाँ नहुदाँ पनि लागिरहेको वचन दिनुभएको छ । थापा पछिल्लो केही दिन देखि संगठन निर्माण तथा विकास निर्माणको अनुगमनका लागि गाउँ केन्द्रीत बन्नु भएको छ । थापाले बुढीनन्दा र जगन्नाथमा मात्र २ सय बढी परिवारलाई नेकपा प्रवेश गराएका छन् ।

कार्यक्रममा बोल्दै नेकपा जिल्ला कमिटी सचिवालय सदस्य तथा गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले समग्र गाउँपालिकाका विकासमा गुरु योजना अनुसार अघि बढेको बताउँदै समृद्ध गाउँपालिका ५ बर्षभित्र बनाईसक्ने अठोट गर्नुभएको छ । जनताहरुको आफुहरु शासक नभई सेवक भएकाले गाउँपालिकामा गलत हुदैं गरेका काममा सँच्चिन सुझाव दिन अनुरोध गर्नुभयो । सोही कायृक्रममा नेकपाका नेता तुलसीराम रोकायाले नेकपाका नेताहरु गौमुलमा एक भएर लागेको बताउँदै सधैं एक ढिक्का  भएर अघि बढ्ने बताउनुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार