बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • छाउपडि कुप्रथाका बारेमा चेतना फैलाउदै गाँउमा सिडिओ

छाउपडि कुप्रथाका बारेमा चेतना फैलाउदै गाँउमा सिडिओ

  • आइतवार, फाल्गुन ४, २०७६
छाउपडि कुप्रथाका बारेमा चेतना फैलाउदै गाँउमा सिडिओ

छाउपडि कुप्रथाका बारेमा जनचेतना फैलाउन बाजुराका प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्याैपाने आफै गाँउ जाने गरेका छन् । कुप्रथा सँगै कानुनका बारेमा जानकारी गराउदै न्याैपाने गाँउ घरमा पुग्ने गरेको स्थानियले वताएका छन् ।
त्रिवेणी नगरपालिका उपप्रमुख राधिका सुनारले भनिन्, प्रमुख जिल्ला अधिकारी आफ्नो नगरपालिकामा आएर छाउपडी कुप्रथा र कानुनका बारेमा जानकारी गराएको वताईन् । हामी त भन्छौ प्रथा मान्नु हुन्न भनेर तर सिडिओ नै आएर जानकारी गराउँदा प्रभाबकारी भएको वताईन् । प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्याैपाने छाउगोठ भत्काउन नमान्ने र छाउगोठमा राख्नेलाई स्थानिय तह बाट सेवा सुबिधा रोकी आबश्यक कार्यवाही गर्न निर्देशन दिएका छन् । प्रमुख जिल्ला अधिकारी आफु मात्र गाँउ नगई अन्य सरकारी कर्मचारीलाई छाउपडि कुप्रथाको अभियान लाग्न निर्देशन दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी न्याैपानेको निर्देशनमा बाजुरामा छाउगोठ भत्काउने अभियान सँगै जिल्लाका सरकारी कार्यलयमा छाउपडि प्रथाका बारेमा चेतना फैलाउने काम भइरहेको छ । प्रशासनमा पनि सेवा लिन सेवाग्राहीलाई छाउगोठ भए नभएको सोध्ने गरेका छौ, त्यो सँगै छाउप्रडि कुप्रथाका बारेमा जानकारी दिने गरेको उनले वताए । जिल्ला स्थित सबै कार्यलयमा जनताको सेवा सँगै छाउपडि प्रथाका बारेमा जानकारी गराउन निर्देशन गर्ने गरेको प्रजिअले वताएका छन् । गोठ भत्काएर मात्र नहुने भएकाले चेतना फैलाउने काम समेत भइरहेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । प्रजिअले सरकारी कार्यलय सँगै स्थानिय तहमा पुगेर यो अभियान शुरु गरेका छन् ।
सदरमुका काम मार्तडीका सरकारी कार्यलयमा सेवा सँगै छाउपडि प्रथाका बारेमा सन्देश दिइरहेको नागरिक अगुवा शेर बहादुर शाहीले वताएका छन् । प्रमुख जिल्ला अधिकारीको निर्देशन पछि जिल्ला आयुर्वेद केन्द्रमा उपचार आउने बिरामीलाई उपचार मात्र नभई छाउपडि कुप्रथाका बारेमा जानकारी गराउने गरेको आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराका प्रमुख दिक्षा भण्डारीले वताईन् । छाउगोठ छ या छैन भनेर सोध्ने गरेका छौ, अर्को छाँउ कुप्रथाका बारेमा जानकारी गराउने उनले बताईन् । त्यो सँगै उनिहरुलाई अब हामी छाउपडि प्रथा मान्ने छैनौ भनेर प्रतिबद्धता गर्न लगाउने गरेको उनले वताईन् । यो अन्य सरकारी कार्यलयमा पनि रहेको उनले वताईन् । प्रहरीले जनप्रतिनिधि र स्थानियको सहयोगमा छाउगोठ भत्काइरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार