शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • कारागारका कैदिले मनाए जनयुद्ध दिवस

कारागारका कैदिले मनाए जनयुद्ध दिवस

  • बिहिबार, फाल्गुन १, २०७६
कारागारका कैदिले मनाए जनयुद्ध दिवस

बाजुरा १ फागुन– कारागार बाजुरामा कैदिको रुपमा रहेका नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का कार्यक्रताले २५ औं जनयुद्ध दिवस भब्य रुमा मनाएको बताएको छ । जेलमा रहेका १६ जना (विप्लव समूह)का कार्यक्रताले दिनभर कार्यक्रमको आयोजना गरि कारागारमा दिवस मनाएको बताइएको छ ।
कैदि बन्दी मधुबिलास रावतको अध्यक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमुख अतिथि कैदिबन्दी (विप्लव समूह) का नेता चुडामणी ओली रहेको कैदीबन्दी (विप्लव समूह) ले जानकारी दिएको छ । बाजुरा कारागारभित्र रहेका १६ जनाको समुहले दिनभर भाषणमा गर्दै मनका बेदान पोखेको बताएको छ । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका कैदिबन्दी अर्थात (विप्लव समूह) नेता ओलीले हिरासतमा हुदा भएको दखुको कुरा तत्कालीन प्रहरी नायव उपरिक्षक उद्धवसिहं भाटको चर्को आलोचना गरेको कैदि बन्दी (विप्लव समूह) का कार्यक्रता डम्मर बहादुर सुनारले बताए ।
कार्तिक २२ गते गौमुल गाउँपालिकाको माझँपालीबाट एकैदिन गिरप्तार भएका १६ जना (विप्लव समूह) का कार्यक्रतालाई हातहतियार तथा खरखजना सम्बन्दी मुद्धामा जवरजस्ती तत्कालीन डिएसपी भाटले फसाएको वलीले आरोप लगाएका छन् । कार्तिक २२ गते देखी पुष २८ गतेसम्म देखी हिरासतमा निकै यातना दिएको खाली कागजमा औठा छाप लगाई किर्ते मुद्धा दर्ता गरेको लगायतका आरोप लगाएको कैदीबन्दी ओलीले बताए । जिल्ला कारगार बाजुराको २५ जनाको क्षमता भए पनी ५२ जना बन्दीहरु रहेकोले त्यसको ब्यबस्थापनका बिषयमा उठान गरेको बताएको कैदी बन्दी ओलीले बताए । आफुहरु जेल मुक्त भए बाजुराका तत्कालीन डिएसपी उद्धवसिहं भाटका बिरुद्धमा मुद्धा हाल्ने चुडामणी ओलीले बताएका छन् । कार्यक्रमकाे संचालन कैदी तथा (विप्लव समूह) समुहका कार्यक्रता डम्मर बहादुर सुनारले गरेकाे बताएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार