शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • ब्लोड बैक स्थापनाका लागि प्रतिबद्ध छाै : सासंद थापा

ब्लोड बैक स्थापनाका लागि प्रतिबद्ध छाै : सासंद थापा

  • बिहिबार, फाल्गुन १, २०७६
ब्लोड बैक स्थापनाका लागि प्रतिबद्ध छाै : सासंद थापा

बाजुरा १ फागुन–  प्रतिनिधि सभाका सदस्य तथा सांसद लाल बहादुर थापाले जिल्ला अस्पताल बाजुरामा ब्लोड बैंक स्थापना गर्नका लागि थप सहयोग गर्ने वताएका छन् । ब्लोड बैंक स्थापानको बारेमा रेडक्रस, जिल्ला अस्पताल बाजुरा, अस्पताल समिति सँग छलफल गरेको थापाले वताएका थिए । जिल्लामा ब्लोड बैक नहुदा बिरामीले सास्ति भोग्नु परेको छ । स्थानिय पुर्वाधार विकास साझेदारी कार्यक्रम बाट यो आर्थिक बर्षमा १० लाख रुपैया बजेट बिनियोजन गरेको छ । यो बजेटले ब्यबस्थापन गर्ने कम परे अझै सहयोग गर्ने थापाले वताएका छन् । १० लाख पनि ब्लोड बैंक स्थापना गर्नका लागि बजेट बिनियोजन गरेको वताए । थापा सँगै राष्ट्रिय सभाका सदस्य बद्रि प्रसाद पाण्डे समेत अस्पताल र ब्लोड बैंकको अनुगमन छलफल गरेका थिए । राष्ट्रिय सभाका सदस्य बद्रि प्रसाद पाण्डेले पनि ब्लोड बैकं स्थापना र अस्पतालको सेवा सुधारका लागी आफ्नो क्षेत्र बाट सहयोग गर्ने वताएका छन् ।

जिल्ला अस्पतालका प्रमुख डाक्टर रुपचन्द्र बिश्वकर्मा, अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत थापा, रेडक्रस जिल्ला उपसभापति दिपक शाह सँग दुबै जनाले छलफल गरेका थिए । अस्पतालको अनुगमन सँगै अस्पतालको ल्याब सेवा निर्माणधिन ५० शै्याको जिल्ला अस्पतालको अनुगमन गरेका थिए । ठेकेदारले सम्झौता मितिमा काम सक्ने वा नसक्ने र अर्को गुणस्तरका बारेमा स्थलगत रुपमा अनुगमन गरेको सांसद थापाले वताएका छन् । काम छिटो छरितो सँगै गुणस्तर बनाउनका लागि आफु लाग्ने समेत बताएका छन् । अनुगमन पछि ठेकेदार र सम्बन्धित कार्यलयलाई कामको गुणस्तर र समयमै काम सक्ने बारे छलफल गर्ने थापाले वताएका छन् ।

साथै अस्पतालको अतिक्रमित जग्गामा डोजर लगाएको बारेमा समेत अवलोकन गरेका थिए । जिल्ला अस्पताल बाजुरा शहरि विकास मन्त्रालय अन्र्तगत निर्माण हुन लागेको हो । २०७५ साल बैशाख ५ गते बाट ठेक्काको काम शुरु भएको थियो । डाँफे लोहनी, पि एस जेभी डोटिले पाएको ठेक्का बैशाख मा सक्ने गरि सम्झौता भएको छ । २६ करोड ११ लाख ६१ हजार ३ सय ३९ मा कम्पनीले ठेक्का पाएको थियो । कम्पनीले अस्पतालको मुख्य भवनको काम शुरु गरिसकेको छ भने डक्टर बस्ने क्वाटरको पनि काम शुरु गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार