शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सन्दर्भ हाम्राे बार्षिकाेत्सव : असायलाई सहयोग सहयोगीलाई सम्मान

सन्दर्भ हाम्राे बार्षिकाेत्सव : असायलाई सहयोग सहयोगीलाई सम्मान

  • मङ्लबार, माघ २८, २०७६
सन्दर्भ हाम्राे बार्षिकाेत्सव :  असायलाई सहयोग सहयोगीलाई सम्मान

बाजुरा २८ माघ– बाजुरा जिल्लामा संचालित बडिमालिका मिडिया हाउसको प्रथम बार्षिक उत्सव बिबिध कार्यक्रम गरि सम्पन्न भएको छ । जिल्लामा संचालित बडिमालिका मिडिया हाउसद्धारा संचालित बडिमालिका खवर अनलाइनको बार्षिक उत्सव सम्पन्न भएको हो । २०७५ साल माघ २७ गते एक कार्यक्रमका बिच एकै चोटी बिस्वभर डिस्पेले गरेको अनलाईनले आज एक बर्ष पुरा गरेको छ ।

 बाजुरा जस्तो दुर्गम जिल्लामा अनलाइन संचानलनमा ल्याई बिश्वमा रहेका नेपालीहरुलाई सुचना पर्बाह गरेको र आम बाजुरा बासी लगायत बिश्वका सबैलाइ सुचना सन्देश दिन सफल भएको बिभिन्न माध्यमद्धारा पाठकले सन्देश पठाएका छन् ।

त्यसै गरि जिल्लामा रहेका केही अनाथ तथा टुहुरा र बिपन्न बर्गका अपाङ्गहरुलाई सहयोग गरेको छ । त्यसै गरि जिल्लामा  सामाजिक सेवामा संलग्न ब्यक्तित्वहरुलाई सम्मान समेत गरेको ।  बाजुरा जिल्लामा एक कार्यक्रमका बिच आफ्नो प्रथम बार्षिक उत्सव सम्पन्न गरिएको छ ।

कार्यक्रमा बाजुरा जिल्लामा विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाद्याय, जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर रूपचन्द्र विश्वकर्मा, बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयाेजक दिपक शाह, बडीमालिका नगरपालिकामा सहायक स्तर चौंथो तह(प्रशासन) मा कार्यरत कर्मचारी बिर बहादुर विष्ट, दलित अधिकारकर्मी गोरख शार्की र सागर फेन्सीका व्यवसायी प्रकाश थापालाइ सम्मान गरेको  बडीमालिका मिडिया हाउसका प्रकाशक तथा सम्पादक प्रकाश सिंहले बताएका छन्

सम्मानित भएका सवैलाई कार्यक्रमका प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल र विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाहले दोसल्ला र अविर लगाएर सम्मान पत्र दिएर सम्मानित गरेका हुन् ।

बडीमालिका मिडिया हाउसले आफ्नो प्रथम बार्षिकोत्सवको अवसरमा बडीमालिका नगरपालिका वडा नं ६ कोर्धका २ जना अनाथ बालवालिका ८ वर्षिया कमल खड्का र १० वर्षिया गिता खड्कालाई एक(एक जोर न्यानो लुगा, ४० केजि चामल, ५ केजि दाल सहयोग गरेको छ । त्यस्तै  बडीमालिका ९ का अतिविपन्न परिवारकि दृष्टि विहिन बासु खत्री र उनकी आमालाई ४० केजि चामल सहयोग गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार