शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • पध्मकन्या क्याम्पसमा रक्तदान कार्यक्रमकाे आयोजना

पध्मकन्या क्याम्पसमा रक्तदान कार्यक्रमकाे आयोजना

  • आइतवार, माघ २६, २०७६
पध्मकन्या क्याम्पसमा  रक्तदान कार्यक्रमकाे आयोजना

नेपाली कांग्रेस डोटि-काठमाडौं सम्पर्क समितिले पध्मकन्या क्याम्पस काठमाडौंमा आयोजना रक्तदान कार्यक्रम सप्पन्न भएको छ| कार्यक्रममा बोल्नुहुदै प्रमुख अतिथी नेपाली कांग्रेस केन्द्रिय सदस्य एवम् राष्ट्रिय सभा सदस्य माननीय बद्री पाण्डेले युवाहरूले नेपाली कांग्रेस पार्टी नेतृत्व को आलोचनामा भन्दा रचनात्मक ढंगले संगठनलाई अगाडि बढाउनमा प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो| एक फरक प्रसङ्गमा नेता पाण्डेले संबैधानिक अंगहरु माथी आक्रमण गर्न सरकारले मधेशवादी दल संग अपबित्र गठबन्धन गरेको आरोप लागाउनु भयो ।

संबैधानिक अंग कब्जा गरेर अधिनायकवाद ल्याउने दिवा सपना नदेख्न चुनौती गर्दै नेता पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको विभेदले संबैधानिक अंग प्रतिको जनताको बिश्वास टुटेको बताउनु भयो| सम्पर्क समितिका सभापति दिर्घ बलायर को सभापतित्वमा संचालन भएको कार्यक्रममा नेबि संघ पुर्व केन्द्रिय सदस्य लोकेन्द्र रोकाया,नेबि संघ डोटी जिल्ला पुर्व अध्यक्ष सोपान बोहोरा,नेबि संघ त्रिभुवन विश्वविधालय सचीव योगेन्द्र रावल लगायत नेताहरु को उपस्थिति थियो|

चर्चामा

सम्बन्धित समाचार