शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • वडाध्यक्षको हत्यारा खोज्न तालिमप्राप्त कुकुरसहित प्रहरी घटनास्थलमा

वडाध्यक्षको हत्यारा खोज्न तालिमप्राप्त कुकुरसहित प्रहरी घटनास्थलमा

  • बुधबार, माघ २२, २०७६
वडाध्यक्षको हत्यारा खोज्न तालिमप्राप्त कुकुरसहित प्रहरी घटनास्थलमा

माघ, २२ अछाम– पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का अध्यक्ष पदमबहादुर धामीको हत्या अनुसन्धानमा प्रहरीले सक्रियता बढाएको छ । धामीको सोमबार राति घरनजिकै हत्या भएको थियो । हत्यारा पत्ता लगाउन प्रहरीको केन्द्रीय अनुसन्धान टोली बुधबार बिहान घटनास्थल पुगेको छ ।

प्रहरी टोली तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगेको हो । घटनास्थल पुगेलगत्तै प्रहरी टोली टोलीले अनुसन्धान अघि बढाएको छ ।

राजधानीबाट आएको केन्द्रीय अनुसन्धान ब्युरोको टोली अध्यक्ष धामीको हत्या गरिएको स्थलमा पुगेर अनुसन्धानमा जुटिरहेको छ । तालिमप्राप्त कुकुरसहित ब्युरोको धनगढीबाट आएको टोली र जिल्ला प्रहरी कार्यालय अछामले संयुक्त रुपमा अनुसन्धान गरिरहेका छन् ।

प्रहरीले मंगलबार बिहानबाट शव नियन्त्रणमा लिएर सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ । नगरपालिकाको वडानम्बर २ स्थित अध्यक्ष धामीको हत्या भएको स्थलमै पुगेर प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, प्रहरी प्रमुख डिएसपी दिपक भारती र सिआइबीका अनुसन्धान अधिकृतसहितको नेतृत्वमा अनुसन्धान अघि बढिरहेको बताइएको छ । कार्यवाहक नगरप्रमुख अम्बिका चलाउनेले बताउनुभयो ।

घटनापछि हत्या गरिएका अध्यक्ष धामीका आफन्त, गाउँबासी तथा जनप्रतिनिधिहरुले शिघ्र अनुसन्धानका लागि दबाब दिइरहेका छन् ।वडाअध्यक्ष धामीको सोमबार राति हत्या भएको हो । वडाअध्यक्ष धामीको घर नजिकै क्षतविक्षत अवस्थामा मंगलबार बिहानै शव भेटिएको वडा नम्बर १ का सदस्य तथा नेपाली कांग्रेसका अछाम प्रवक्ता वेदप्रकाश तिमिल्सिनाले जनता समाचारलाई जानकारी दिनुभएको छ ।

वडा अध्यक्ष धामीको हत्या कस्ले गर्यो रु भन्ने बारे एकीन भइसकेको छैन । घटनास्थलमा प्रहरी पुगिसकेको छ । धामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । धामी वडाध्यक्ष हुनुअघि शिक्षणा पेशामा हुनुहुन्थ्यो ।

स्थानीय एक महिलाले भैंसी दुहुन गोठमा जाँदा क्षतविक्षत अवस्थामा धामीको शव देखेपछि चिच्याइन् । त्यसपछि धामीको हत्या भएको थाहा भएको हो । घटनास्थलमा अहिले प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दा जम्मा भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार