बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • नेपाल टेलिभिजनको उत्कृष्ट संबाददातामा सम्मानीत भए बडिमालिका खवरका सम्पादक सिंह

नेपाल टेलिभिजनको उत्कृष्ट संबाददातामा सम्मानीत भए बडिमालिका खवरका सम्पादक सिंह

  • सोमवार, माघ २०, २०७६
नेपाल टेलिभिजनको उत्कृष्ट संबाददातामा सम्मानीत भए  बडिमालिका खवरका सम्पादक  सिंह

बाजुरा २० माघ–  नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका अध्यक्ष तथा नेपाल टेलिभिजनका बाजुरा संवाददाता र यस बडिमालिका खवर अनलाइनका प्रकाशक सम्पादक पत्रकार प्रकाश सिंह यस वर्षको पाल टेलिभिजनका उत्कृष्ट जिल्ला संवाददाताकाे रूपमा सम्मानीत भएका छन् ।

पत्रकार सिंहलाई सोमबार नेपाल टेलिभिजनको ३५ औं वार्षिकोत्सवका अवसरमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नगद सहित पुरस्कृत गरेका हुन् ।

नेपाल टेलिभिजनको जिल्ला सम्वाददाताको रुपमा आर्थिक वर्ष २०७५÷७६ को अवधिमा गरेको कामकोे मुल्यांकन गर्दै पत्रकार सिंहलाई उत्कृष्ट जिल्ला सम्वाददाताको रुपमा नगदसहित पुरस्कृत गरिएको हो । पत्रकार सिंह बाजुरामा एकदशकदेखि पत्रकारीता क्षेत्रमा किर्याशील रहदै आएका छन् । उनले नेपाल टेलिभिजन र द हिमालयन टाईम्सका लागि बाजुराबाट रिपोटिङ्ग गर्दै आईरहेका छन् भने बाजुरामा रहेकाे बडिमालिका खवर अनलाइनका प्रकाशक तथा सम्पादक समेत रहेका छन् । पत्रकार सिंहले बाजुरामा पत्रकारीता क्षेत्रमा मात्र नभई सामाजिक सेवा पनि गर्दै आईरहेका छन्

चर्चामा

सम्बन्धित समाचार