शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • गृह सजावट
  • बैवाहिक सम्बन्ध बर्वाद पार्ने पुरुषका ५ आदत, आजै बदल्नुस्

बैवाहिक सम्बन्ध बर्वाद पार्ने पुरुषका ५ आदत, आजै बदल्नुस्

  • सोमवार, माघ २०, २०७६
बैवाहिक सम्बन्ध बर्वाद पार्ने पुरुषका ५ आदत, आजै बदल्नुस्

काठमाडौँ — बैवाहिक सम्बन्ध भनेको यस्तो बन्धन हो जसलाई बलियो बनाउन दुबैतर्फबाट बल लगाउनुपर्छ । अन्यथा यो बन्धनको धागो कहाँबाट कतिबेला चुटिन्छ पत्तै हुँदैन । त्यसैले एकअर्कालाई बुझेर हरेक निर्णयहरु समझदारीमा लिनुपर्दछ । तर पनि जानअन्जानमा कहिलेकाहीँ हामीबाट यस्ता सानातिना गल्तीहरु भइरहेको हुन्छ । त्याे गल्ती थाहै नपाइ हाम्रो सम्बन्धमा नै दिनानुदिन असर गर्दै गइरहेको हुन्छ । जुन कुरा हामीलाई सामान्यत हेक्का नै हुँदैन । त्यसैले एक अर्काको कमिकजोरी मनोभाव बुझेर केही आफ्नो ब्यवहार पनि बदल्नु पर्दछ । सम्बन्धमा विश्वास जगाइराख्नु पर्दछ । विश्वास भन्ने कुरा पनि इरेजर जस्तै हो साना साना गल्ती कमजोरीहरुसँगै कम हुँदै जान्छ । फलस्वरुप सम्बन्धमा दरार पैदा हुन्छ । मायाँमा शंका बढ्दै जान्छ । कहिलेकाहीँ त तपाईँको गल्तीकै कारण सम्बन्ध बिछोड हुने वा टुट्ने अवस्थासम्म पुग्छ । यहाँ हामीले पति पत्नीबीचको सम्बन्ध मजबुत बनाउन पुरुषले बदल्नु पर्ने त्यस्ता ५ ब्यवहारका बारेमा चर्चा गर्दैछौँ । हाम्रो चाहना छ तपाईको जोडी दुनियाँले डाहा गर्ने बनोस् ।

समय दिनुस्

सामान्य र स्वभाविक कुरा हो विवाह पश्चात सबैको जीवन बदलिन्छ । अथवा भनौ विवाह पश्चात नयाँ जीवनको सुरवात हुन्छ । हरेक पुरुषले पत्नी र परिवारलाई ध्यान दिनु जरुरी हुन्छ । तर तपाईँको पुरानो आदत समयमा घर नपुग्ने, वा बिभिन्न काम, अन्य कुनै शिलशिला वम बाहानामा समयमा घर नपुग्ने, घरबाट छिटो निस्कने लगायतका ब्यवहार गर्नुभयो भने झगडाको सुरुवात पनि यहीँबाट हुन्छ । अफिसको कामलाइ्र्र अफिसमै छोडेर आउनुस् कामको स्टे«स घरमा नदेखाउनुस् झगडा नगर्नुस् । आफ्नी पत्नीलाई बताउने गर्नुस् कति बेला आउनुहुन्छ अवस्था के छ । सही समय बताउनुस् बारबार बाहाना नबनाउनुस् नत्र गोठाले र बाघको कथा जस्तै हुन्छ । सायद सानैमा सुन्नु भएको पनि होला । सम्बन्ध आँट भरोसामै चल्छ भनेर हामीले यसअघि पनि चर्चा गरेका थियौँ ।

याे पनि पढ्नुहाेस् विवाहपछि किन मोटाउछन् महिला ?
घरेलु काममा सहयोग

हुन त कार्यालयी काम कै कारण पनि जागिरे पुरुषहरुका लागि घरेलु कामकाजमा सरिक हुने त्यतिसाह्रै फुर्सद मिल्दैन । त्यसो त हाम्रो समाजको धारणा पनि घरधन्दा काम महिलाको हो भन्ने छ । यद्यपी फुर्सद मिल्यो भने घरेलु काममा पनि पत्नी वा परिवारको साथ दिने गर्नुस् । पत्नीसँग मिलेर गरेको सानो कामले पनि मायाँ बढाउँछ । आपसी सम्बन्ध अझ रोमाञ्चक समेत बनाउँछ । यति मात्र होइन पत्नीसँग मिलेर घरेलु काम पनि सिक्नुस् कहिलेकाहीँ उनी बिरामी परिहालिन् भने काम आउँछ । अथवा उनलाई खुसी बनाउन पनि कहिलेकाही मिठोमसिनो चिज बनाएर खुवाउन सक्नुहुन्छ । सानासाना कुराहरुमा पनि ठूलाठूला खुसीहरु मिल्छन् यो कुरा कहिल्लै नभुल्नुस् । त्यसैले फुर्सद मिल्यो कि टीभी हेरेर, मोवाइल चलाएर, सामाजिक सञ्जालमा भुल्नेबानी बदल्नुस् ।

पत्नीलाई आकर्षित र प्रभाबित पार्नुस्

यदि सुन्दर बैवाहिक सम्बन्ध चाहानुुहुन्छ भने जहिले पनि आफ्नी पत्नीलाई इम्प्रेस पार्ने प्रयास गर्नुहोस् । जसरी प्रेम सम्बन्धमा गरिन्छ त्यसरी नै । खासगरी प्रेम विवाहका सम्बन्धहरुमा पछि गएर झगडा हुने देखिन्छ यस्तो हुन नदिन पुरुषहरुले नै केही सम्यमता अपनाउनुपर्छ । कहिलेकाहीँ स्पेसल बनाउनुस् । गिफ्ट दिनुस्, घुमाउन लैजानुस्, जागिरमा बिदा मिलाउनुस् सधैभरी जागिर जागिर काम काम नभन्नुस् अरे जागिर हो यार सर्वश्व होइन । पत्नी परिवारका लागि पनि समय निकाल्नुस् । आपसमा यस्तो महसुस गराउनुस् की सम्बन्धमा अझ मिठास थपियोस् । ब्यस्तता देखाउन छोड्नुुस् पत्नीलाई खुसी बनाउनुस् ।

कुनै चिजको लत

धुमपान तथा मधपान एक किसिमको लत हो । मादक पदार्थ सेवन गर्ने बानीले पनि धेरैको सम्बन्ध बिग्रन्छ । त्यस्तो नराम्रो गरिरहेको छ भने आजैबाट यस्ता बानी छोड्नुस् । एकैचोटी नसके बिस्तारै बिस्तारै कम गर्दै लैजानुस् । पिउने बानी छ भने अकेजनल गर्नुस् कहिलेकाहीँ अवसर पर्दा मात्र लिमिटमा पिउनुस । कतिको मोवाइल, टीभी कुनै भिडियो गेम अनलाइन गेममा पनि भुल्ने कतिको नराम्रो बानी हुन्छ । यसलाई पनि कम गर्नुस् । तपाईको यस्ता खराब लत सम्बन्ध बिगार्ने कारण बन्न सक्छ ।

चर्चामा

सम्बन्धित समाचार