शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • भाइरल रुघाखोकीले पुरै गाँउ प्रभाबित, ५ दिनका लागि बिद्यालय समेत बन्द

भाइरल रुघाखोकीले पुरै गाँउ प्रभाबित, ५ दिनका लागि बिद्यालय समेत बन्द

  • आइतवार, माघ १९, २०७६
भाइरल रुघाखोकीले पुरै गाँउ प्रभाबित, ५ दिनका लागि बिद्यालय समेत बन्द

हिमाली गाँउपालिका ६ मा रहेको बोल्डिक भाइरले रुघाखोकीले गाँउ नै प्रभाबित भएको छ । एक साता देखी फैलिएको भाइरल रुघाखोकीले गाँउनै प्रभाबित भएको हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् ।
९० परिवार बसोवास रहेको गाँउमा घरका अधिकांश सदस्य बिरामी परेका छन् । गाँउमै रहेको एन्जल इङ्गलिस बोडिङ्ग स्कुलमा अध्यनरत वालवालिका सबै बिरामी परेपछि ५ दिनका लागि बिद्यालय समेत बन्द गरेको गाँउपालिकाले जनाएको छ । तिन दिन देखि गाँउमा २ जना स्वास्थ्यकर्मी पठाएर उपचार भइरहेको थियो, बिरामीको संख्या बढेपछि थप २ जना स्वास्थ्यकर्मी भाइरल प्रभाबित क्षेत्रमा पठाएको हिमाली गाँउपालिकाका स्वास्थ्य संयोजक राज भण्डारीले वताएका छन् । एन्जल इङ्गलिस बोडिङ्ग स्कुलमा अध्यनरत वालवालिका पुरै भाइरल रुघाखोकीले बिरामी भएपछि बिहिवार देखी नै बिद्यालय बन्द गरेको छ ।
खोकी लाग्ने, ज्वरो आउन लक्षण देखा परेको स्वास्थ्यकर्मीले वताएका छन् । अहिले चिसोले भाइरल रुघाखोकी भएको स्वास्थ्य संयोजक भण्डारीले वताएका छन् । स्वास्थ्यकर्मी सँगै थप औषधिको ब्यबस्थापन भइरहेको र बिरामीको उपचार भइरहेको वताए । अन्य ठाँउमा फैलिन नदिनका लागि गाँउपालिकाले उच्च सर्तकता अपनाएको गाँउपालिकाले वताएका छन् । परिवारका सबै सदस्य बिरामी परेका पछि दैनिक कामकाज समेतमा समस्या भएको स्थानियले वताएका छन् । सबै बिरामी भएपछि गाई बस्तु चराउने मेलापाँत गर्ने कोही नभएको स्थानिय मनकला पाध्यायले वताएका छन् ।
स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले भने बिरामी भएको खबर आएको वताएका छन् । प्रभाबित क्षेत्रमा उपचारका लागि स्थानिय तह सँग समन्वय भइरहेको वताएका छन् । चिसोका कारणले जिल्लाका अन्य ठाँउमा भाइरलका बिरामी बढि रहेका छन् । अन्य स्थानिय ठाँउमा पनि फाट्फुट भाइरल रुघाखोकीका बिरामी भइरहेका स्वास्थ्यकर्मीले वताएका छन् । प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्याउपाने भने प्रभाबित क्षेत्रमा स्वास्थ्यकर्मी पठाएर उपचार भइरहेको वताएका छन् । नेपालगञ्ज बाट जहाज बाट औषधि ल्याएर प्रभाबित क्षेत्रमा पठाइसकेको प्रजिअ न्याउपानेले वताए ।

चर्चामा

सम्बन्धित समाचार