शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बिद्युतकाे सिफारिस बोकेर बडीमालिकाका मेयर मन्त्रालयमा

बिद्युतकाे सिफारिस बोकेर बडीमालिकाका मेयर मन्त्रालयमा

  • शनिबार, माघ ११, २०७६
बिद्युतकाे  सिफारिस बोकेर बडीमालिकाका मेयर मन्त्रालयमा

बाजुरा,११ माघ — सदरमुकाम मार्तडीमा बिजुली अनियमित भएको भन्दै बडिमालिका नगरपालिकाका नगर प्रमुख सिफारिस लिएर मन्त्रालय पुगेका छन् । सामान्यतया कुनै संघसंस्थाको सिफारिसको लागि अनुरोध पत्र आएमा अधिकारयुक्त पदाधिकारीले सिफारिस गर्नै अक्मकाउछन् । सिफारिस गरिहाले पनि सम्बन्धित संस्थालाई बुझाउँछन् र झारो टार्छन् भन्ने भनाईलाई मध्यनजर गर्दै नगरप्रमुख पदम बडुवाल मन्त्रालय पुगेको बताएका छन् । नागरिक जनचँंसो र उपभोक्ताको हित नै आफ्नो पहिलो प्रथमिकतामा भएकोले मन्त्रालय पुगेको बताएका छन् ।
विगत देखि बिकासको प्राथमिकताका आधारमा माथिल्लो तहमा आवस्यक लविङ्ग गर्दै आएका नगरप्रमुख बडुवाल यतिवेला सदरमुकाम मार्तडीको विद्युत सवाललार्ई लिएर आफै चिठ्ठी बोकेर मन्त्रालय पुगेका कुरा बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत यज्ञराज अर्यालले बताएका छन् । विगत तिन दशक देखि सञ्चालन हुंदै आएको बाजुरा सानाजल विद्युत केन्द्रको २०० किलोवाट नियमित उत्पादित विद्यूत क्षेमताले मात्र ग्राहकको मागलाई धान्न नसकेपछि आवस्यक प्रक्रिया पुरा गरी केन्द्रीय प्रसारण लार्ईन जोड्न मन्त्रालय पुगेका अधिकृत अर्यालले बताएका छन् । सदरमुकाम मार्तडीमा रहेको त्रिबेणी बचत तथा रिण सहकारीसंस्थाले चलाउदै आएको बिजुली अनियमित र जनतालाई असहज भएको भन्दै मन्त्रालयमा पुगेर छलफल गरि तत्काल राष्ट्रिय प्रशारणको लाइन जोड्न माग गर्ने नगरपालिकाले बताएको छ । विद्युतले ग्राहकको मागलाई धान्न नसक्ने अवस्था देखिएकोले टिओडी मिटर जोडेर भए पनी बिद्युत विस्तार गर्न उर्जा मन्त्रालयमा सफिरिसका साथ अनुरोध गर्ने निर्णय अनुसार कार्यन्वयन गर्न तदारुपताका साथ लागेको नगर प्रमुख बडुवालले बताएका छन् ।
स्थानीय उत्पादन तथा राष्ट्रिय प्रसारण लाईन जोडेर पनि सदरमुकाम मार्तडी उज्यालो बनाउन नगरपालिका विगत देखि योजनाबद्ध लागि परेको नगर प्रमुख बडुवालले बताएका छन् । विद्युत माग अनुसार बडीमालिका नगरालिकाले वडा नं ९ खारखुच्चामा नेपाल विद्युत प्राधिकरणलाई सदरमुकाम नजिकको १० रोपनी जग्गा निशुल्क उपलब्ध गराईसकेको छ । पावर सवस्टेसन बन्दैगर्छ अब सहकारीका नाममा टिवीडी मिटर जोडेर भएपनि विद्युत ग्रिडलाईन जडाउन गराउनेछु नगरप्रमुख वडुवालले बताए ।

चर्चामा

सम्बन्धित समाचार