शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढीगंगा
  • डिएसपी भट्टराइ आफै छाउगोठ भत्काउन पुगेपछि

डिएसपी भट्टराइ आफै छाउगोठ भत्काउन पुगेपछि

जब प्रहरीले गोठ बाट पार्वतीलाई निकाले तब पहिलो पटक बसिन घरमा

  • बिहिबार, माघ २, २०७६
डिएसपी भट्टराइ आफै छाउगोठ भत्काउन पुगेपछि

बाजुरामा प्रहरीले छाउगोठ भत्काउने अभियान निकै तिब्र पारेको छ । जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख टंक प्रसाद भट्टराइ सहितको टोली छाउगोठ भत्काउन बुढिगंगा ८ रिठा बजार पुग्यो । बजार नजिकै गाँउमा डिएसपी भट्टराइ सहितको टोली छाउगोठ खोज्दै थिए ।
प्रहरी छाउगोठ भत्काउन आएको खबर पाएपनि गाँउकी पार्वति कुवर भने छाउगोठमा बसिरहेकि थिईन् । उनि महिनावारी भएको दुई दिन भएको थियो । डिएसपी भट्टराइले उहाँलाई गोठमा बस्नु हुन्न घर जानु भने तर उनले आनाकानी गरीन्, प्रहरीले उनको गोठ भत्काउन शुरु गरेपछि उनले सबै लुगा बोकेर गोठ बाट बाहिर निस्किन् । गोठ भत्काएपछि पार्वती घरमा रहेको भुईतलामा बसिन् ।
पार्वतीले भनिन्, गोठ भत्कायो बाहिर बसौ चिसो हुने, घरको तत्लो तलामा रहेको गोठमा बसेको बताईन् । उनको गोठ भत्काएको पछिल्लो दिनमा बडिमालिका खबर टिम पार्वति कहाँ बसिन्, भनेर स्थलगत रिपोटिङ्गमा पुगेको थियो । बडिमालिका खबरको टिम पुग्दा उनि घरमा रहेको तत्लो तलामा रहेको कोठमा बसिरहेकी थिईन् । टिम पुग्दा ३ दिन भएको थियो ।
पार्वतिले भनिन्, महिनावारी भएको ५ दिन सम्म घर छुन पनि मिल्दैन थियो, घर भित्र बस्नु त टाढा को कुरा थियो । तर प्रहरी आफै आएर गोठ भत्काए, गोठमा बस्नु हुन्न भनेर पनि भने अहिले घरमै बसिरहेको बताईन् । हामीलाई पनि घरमा बस्छौ भन्दा समाजले पनि मान्दैन थियो तर प्रहरीले जबरजस्त गोठ बाट निकालेपछि घरमै बस्नु परेको उनले वताईन् । गोठमा बस्दा निकै समस्या हुने गरेको थियो, अब घरमा बस्दा सहज हुने वताईन् । प्रहरी गोठमा बसे कानुनी कार्यवाहि हुन्छ भनेपछि अब त घरमा बस्नु भन्दा अर्को बिकल्प नभएको पार्वतीले वताईन् ।
पार्वतीको गाँउमा प्रहरीले ५ ओटा छाउगोठ भत्काइएका थिए । बुढिगंगा नगरपालिकामा जिल्ला प्रहरी कार्यालय बाजुराको सक्रियतामा छाउगोठ सामुहीक रुपमा रहेका ५ ओटा छाउगोठ भत्काएको हो । नेपाल सरकार गृह मन्त्रालयको निर्देसनमा गाउँ र वडामा रहेका कुपर्था र पुर्खौ देखी जगडिएर रहेको प्रथाको अन्त्यका लागि सो अभियान संचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक टंक प्रसाद भट्टराई आफै छाउगोठ भत्काउन गाँउ घर चाहारीरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार