शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाले सडक मिचिएका घर टहरा भत्काइदै

बडिमालिका नगरपालिकाले सडक मिचिएका घर टहरा भत्काइदै

  • बुधबार, माघ १, २०७६
बडिमालिका नगरपालिकाले सडक मिचिएका घर टहरा भत्काइदै

बाजुरा १ माघ — बडिमालिका नगरपालिका भित्र पर्ने सडकक्षेत्र मिचेर बनाइएका निजी घर, टहरा तथा ब्यवसायिक भवन पनि भत्काउन निर्देशन दिएको छ । गृह मन्त्रालयको परिपत्र बमोजीम बडिमालिका नगरपालिकाले सडक सीमा अतिक्रमण गरी राजमार्गमा पर्ने सडकको दायाँवायाँ बनाइएका भौतिक संरचना हटाउन र बनेको संरचना भत्काउन निर्देशन दिएको हो ।
सडक अतिक्रमण गरी घर, टहारा निर्माण गरेको भन्दै भए तुरुन्त हटाउन स्थानीय तहलाई गृह मन्त्रालयको पत्रानुसार बडिमालिका नगरपालिकाले सर्बपक्षिय बैठकको आह्वन गरि सम्बन्धीत सबैलाई पत्राचार र सुचना गर्ने अटेर गरे कानुन अनुसार अगाडी बढ्ने बताएको छ । बडिमालिका नगरपालिकाको हरडे खोलादेखी पोरखे लेखसम्म र मार्तडी बजारमा सडक मिचेर बनेका ब्यबासायीक निजी घर  तथा टहराहरु तत्काल खाली गर्न सम्बन्धीत वडा कार्यालयलाई जिम्मा दिएको बडिमालिका नगरपालिका प्रमुख पदम बडुवालले बताए ।
सो बैठकमा जिल्ला सदरमुकाम मार्तडीमा सरकारी वा सार्बजनिक जमिन कुनै पनी ब्यक्ती हडपेको भए पनी खाली गर्न अनुरोध गरेको नगरपालिकाले बताएको छ । सरकारी जंग्गामा जिल्ला बन कार्यालय जिल्ला अदालतको जमिन केही ब्यक्तीले निजीकरण गरेको देखीएकोले सो जमिनको छानबिन प्रक्रिया तत्काल सुरु गरिने  नगर प्रमुख पदम बडुवालले बताए ।
त्यसै गरी सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय डोटीले निर्माण गर्न लागेका जिल्ला प्रहरी कार्यालय अगाडी तुफान डाडादेखी गैरी बजार सम्म, फारवइस्ट होटल देखी मालिका माबिको गेटसम्म, गौडाडिलदेखी खेलकुद हुदैँ जिल्ला बन कार्यालय राना होटल देखी भम्कीचौर सम्म त्यसै गरी मालिका मन्दिर देखी नन्दबहादुर शाहीको घरसम्म कारागारदेखी खुलामञ्च र डिआरमस्ट देखी निर्माणधिन बसपार्क हुदै बाउली खोला सम्मका सबैले सडक छेउछाउमा रहेका घर टहरा हटाई सहयोग गर्न नगरपालिकाले अपिल गरेको छ ।

अब नगरपालिको यो सडक विस्तार अभियान नरोकिने नगरपालिकाले जनाएको छ । अब मार्तडीको मुख्य बजार मार्तडीमा क्षेत्रका अधिकांश घर भत्किने छन् ।

चर्चामा

सम्बन्धित समाचार