शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • ३० हजार नगद सहित पुनमलाई सम्मान

३० हजार नगद सहित पुनमलाई सम्मान

  • मङ्लबार, पुस २९, २०७६
३० हजार नगद सहित पुनमलाई सम्मान

राजेन्द्र बहादुर राेकाया

नेपालमा संचालन भएकाे १३ अाैं दक्षिण यसियालि सागमा ६५ के जिकाे बक्सिङमा रजत पदक बिजेता पुनम रावललाई बडिमालिका नगरपालिकाले सम्मान गरेकाे छ । रावललाई नगरपालिकाले ३० हजार नगद सहित सम्मान गरेकाे हाे । बाजुराकाे बडिमालिका नगरपालिका ८ घर भएकी रावलले साग खेलमा रजत पदक जितेर नेपाल देसकै नाम उच्च राख्न सफल भएकी थिईन । साग खेलमा रजत विजेता बनेकी पुनम रावललाई नगरपालिकाकाे बैठकले सम्मान गर्ने निर्णय गरेकाे बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञराज अर्यालले बताउनुभयाे । नगरपालिकाले सम्मान गर्दा उहालाई थप हाैषला मिलाेस् र अरु खेलाडीलाई समेत उर्जा थपियाेस् भन्ने उदेश्यले रावललाई सम्मान गरेकाे बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताउनुभयाे । नगरप्रमुख रावलले बाजुराको मात्र नभई देशकै नाम उच्च राख्नुभएकाेमा रावललाई धन्यवाद समेत दिनुभएकाे थियाे ।

चर्चामा

सम्बन्धित समाचार