शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचार/ब्लग
  • बाजुरामा पाठेघर बाहिर बसेको गर्भ फुट्दा

बाजुरामा पाठेघर बाहिर बसेको गर्भ फुट्दा

  • आइतवार, पुस २७, २०७६
बाजुरामा पाठेघर बाहिर बसेको गर्भ फुट्दा
फोटो: बयालपाटा अस्पतालमा शल्यक्रिया कक्ष्य र शल्यक्रिया टिम

बाजुरा जिल्ला भौगोलिक हिसाबले एकदम दुर्गम जिल्ला हो | यहाका सबै मानिसलाई समयमा स्वास्थ्य सेवा पाउन र लिन धेरै समस्या परीरहेको छ | यहि मिति २०७६ साल पौष महिनाको १८ गते शुक्रबारको दिन बढीमालिका नगरपालिका वडा न ७ की ममता रोकायालाई  अचानक पेट दुख्ने र बान्ता आउने समस्या भैई चेत कम हुने भयो | उहालाई उहाको श्रीमान राजेन्द्र धामीले नजिकको स्वास्थ्य चौकी चुथीमा लग्नु भयो | त्यस स्वास्थ्य चौकीमा नशाबाट सलाईन पानी चढाए पछी बाजुरा जिल्ला अस्पतालमा लगिएको रहेछ | बिहानबाट पेट दुख्ने र वान्ता हुने हुदा पनि जिल्ला अस्पतालमा पुग्दा रातिको ७ बज्न लागेको थियो |

“असपतालम आउदा उहाको शरीरमा रगतको मात्रा जम्मा २ थियो” भन्छन बाजुरा जिल्ला अस्पतालमा कार्यरत चिकित्सक तथा ममतालाई आकस्मिक उपचार गरी प्रेषण गरेका चिकित्सक डा. रोहित गिरी | शरीरमा रगतको मात्र सामान्य अबस्थामा १२ भन्दा बढी हुनु पर्दछ | शरीरले रगतको मात्र २ पुग्दा केहि समय मात्र थाम्न सक्छ | बाजुरा जिल्ला अस्पतालमा उहाको शरीरमा रगत कम हुनु र कम हुनुको कारण पाठेघर बाहिर गर्भ रहन गई फुटेको अबस्था हो भनि समयमा नै डा. गिरीको टिमले पत्ता लगाएका थिए | साथै डा. गिरीले नै बयालपाटा अस्पतालमा समयमा प्रेषण गरेका थिए |

जिल्ला अस्पताल बाजुरामा ममतालाई २ पाेइन्ट रगत चढाईको रहेछ | ममताको साथमा बयालपाटा अस्पतालमा उहाको श्रीमान, बढीमालिका नगरपालिका वार्ड नम्बर ७ का वडादक्ष्य धर्मराज उपाध्याय र रेडियो बाजुराका संयोजक तुलाराम जैशी र साथमा जिल्ला अस्पताल बाजुरामा कार्यरत नर्स पार्वती जैशीसहितको टिम आउनु भएको थियो |

बाजुरा जिल्ला अस्पतालबाट बयालपाटा अस्पतालसम्म आईपुग्दा रातिको २ बजेको थियो | बयालपाटा अस्पतालमा चिकित्सकको टिम उहाको उपचारको लागी तयारी गरी रहनु भएको थियो | ममताको पाठेघरको समस्या, पेट भित्र जम्मा भएको रगत र बेहोस बनाएर गर्नु पर्ने जटिल शल्यक्रिया सबैको तयारीको लागि उहालाई चाहिने रगत सबै तयारी गर्नु पर्ने कार्य कहिलेकाहिँ जोखिम बढी हुन्छ | प्राय यस्तो जटिल शल्यक्रिया सुबिधा सम्पन्न अस्पतालमा गर्दा जोखिम कम हुन सक्छ | तर ममताको लागि ९ / १० घण्टाको जिपमा धनगढी वा नेपालगंजसम्म पठाउन सक्ने अवस्था थिएन |

बयालपाटा अस्पतालमा उहाको शल्यक्रियाको लागी तयारी गरियो | शल्यक्रिया गर्ने टिममा म, डा. विप्लव श्रेष्ठ, बेहोस बनाउन उदय छेत्रीय, शल्यक्रिया नर्समा कन्चन चौधरी र  संजना साउद, सहयोगी भूमिकामा दीपा बम त लक्ष्मी बि. क. थियौ | ममताको पाठेघरको देब्रे डिम्ब बहिनि नलीमा गर्भ बसेको रहेछ र त्यो बढ्दै जादा फुटेको रहेछ | तेसैले उहाको पेट भित्र करिब ३ लिटर जति रगत जम्मा भएको रहेछ |

शल्यक्रिया गर्ने बेलामा पेट भित्रको सबै रगत निकालियो र फुटेको डिम्ब बाहिनी नलीलाई शिलायौ | रगत बगेको नशा पनि शिलायौ | तेस पछि उहालाई २ पिन्ट रगत चधाउन शुरु गर्यौ | विस्तार विस्तार उहाको होस् पनि आउन थाल्यो र सुधार हुन थाल्यो | पछि अन्तरंग विभागमा ल्याएर फेरी एक पिन्ट रगत चढाईयो | बाजुरा जिल्ला अस्पताल र बयालपाटा अस्पताल गरी उहालाई ५ पिन्ट रगत चधाउन पर्यो |

करिब एक हप्ताको सफल उपचार पछि ममतालाई बयालपाटा अस्पतालले मिति २०७६ साल पौषको २७ गते डिस्चार्ज गरेको छ | “मैले सोचेको भन्दा पनि राम्रो सेवा रहेछ यो बयालपाटा अस्पतालमा | यस्तो जटिल शल्यक्रिया पनि हुदो रहेछ | मेरो श्रीमतीको  शल्यक्रिया  गरी ज्यान बचाईदिने चिकित्सक र उहाको टिमलाई धेरै धेरै धन्यबाध दिन चाहन्छु |” खुशी मुद्रामा उहाको श्रीमान राजेन्द्र धामी भन्दै हुनु हुन्थ्यो | साथै “अरु अस्पतालमा यत्रो सर्जरी गरेको भए धेरै खर्च हुने थियो | यहाँ त पैसा पनि नलाग्ने रहेछ |” एक हप्ताको शफल उपचार पछि आफ्नो उपचारको खर्च बारे कुराकानीमा चिन्ता ब्यक्त गर्दै हुनु हुन्थ्यो ममता रोकाया |

पाठेघर भन्दा बाहिर बस्ने गर्भ सधै धेरै जोखिम लिएर आउने गर्दछ | तेसैले कुनै पनि महिलाहरु महिनावारी रोकिएको करिब ५ हप्ता पछि योनीबाट रगत बगेमा र  सहन नसक्ने गरी पेट दुखेमा जति सक्दो छिटो नजिकको अस्पतालमा गई दक्ष्य स्वास्थ्यकर्मी वा चिकित्सकसंग परामर्श लिनु पर्दछ |

चर्चामा

सम्बन्धित समाचार