शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • रेडक्रसकर्मी सुबेदीले गरिन एचआईभी संक्रमीत बालबालिकालाइ सहयोग

रेडक्रसकर्मी सुबेदीले गरिन एचआईभी संक्रमीत बालबालिकालाइ सहयोग

  • शनिबार, पुस २६, २०७६
रेडक्रसकर्मी सुबेदीले गरिन एचआईभी संक्रमीत बालबालिकालाइ सहयोग

बाजुरा २६ पौष — सामाजिक अभियान्ता तथा रेडक्रसकर्मी ईस्वरा सुबेदीले एचआभी संक्रमीत एक जना बच्चालाई शैक्षिक साम्रगी, र बलाग्केट सहयोग गरेकी छन् । आर्थिक रुपमा बिपन्न संक्रमीतका एक बालकलाई आफ्नै सहयोगमा सो साम्रगी हस्तान्तरण गरिएको सुबेदीले बताएकी छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुरामा कार्यरत सुबेदीले केही महिना अगाडी नै सहयोग गर्ने सोच बनाए पनी कार्यब्यस्ताका कारण आज मात्र सहयोग गर्ने अबसर जुटेको बताएकी छन् ।
यस अघि अन्य जिल्लामा बस्ता र काम गर्दा एचाआइभी संक्रमीतहरु संग काम गर्दै गर्दा उनीहरुको पिर मर्कालाई बुझेर बाजुरामा काम गर्दै गर्दा सहयोग गर्ने मन लागेर आफैले सोइच्छाले सहयोग गरेको सुबेदीले बताईन । बाजुरा जिल्लामा आइसकेपछी बिभिन्न कार्यालयको बैठक र कार्यक्रमबाट आएको भत्ता र केही रकम आफैले थप गरेर सो साम्रगी किनेर सहयोग गरेको उनले बताएकी छन् ।
एक जना बालकलाई एक बलाग्केट, बिद्यालय झोला, कपी डटपेन लगायतका साम्रगी बितरण गरेको र केही दिनमा एक जकेट समेत किनेर दिने बताएकी छन् । रेडक्रसकर्मी इस्वरा सुबेदीले यस अघि पनी जिल्लामा बिभिन्न अभियानमा सहयोग गर्दै आएकी सामाजिक अभियान्ताहरुले बताएका छन् ।
रोल्पा जिल्लामा जन्मेकी सुबेदीले बाजुरा जिल्लामा कर्मथलो बनाई रेडक्रस बाजुरा शाखामा काम गरे पनी सामाजीक अभियानमा पनी सहयोग गर्दै आएकी सुबेदीलाई बाजुरा प्लसकी अध्यक्ष मिना बिकले धन्यबाद समेत ब्यक्त गरेकी छन् । बाजुरा प्लसको समन्वयमा एक जना बालकलाई सहयोग गर्ने अबसर दिएकोमा आफु खुसी ब्यक्त गर्दै रेडक्रस कर्मी सुबेदीले यसपछिका दिनमा पनी सहयोग गर्ने प्रतिबद्धता समेत गरेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार