मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • अस्पताल बाजुराले जेष्ठ नागरिक र बिपन्नको निशुल्क उपचार हुने

अस्पताल बाजुराले जेष्ठ नागरिक र बिपन्नको निशुल्क उपचार हुने

  • बिहिबार, पुस २४, २०७६
अस्पताल बाजुराले जेष्ठ नागरिक र बिपन्नको निशुल्क उपचार हुने

बाजुरा २४ पौष — जिल्ला अस्पताल बाजुरामा अबदेखी असाहाय, अपागं, बयबृद्धा गरिब तथा अशक्तहरुको निस्शुल्क उपाचार हुने भएको छ । आर्थिक रुपमा कमजोर भएका र ब्यसाहारा जेष्ठ नागरिकहरुको आजबाट जिल्ला अस्पताल बाजुरामा निशुल्क उपचार गर्ने निर्णय गरिएको जिल्ला अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष भरत थापाले बताए । त्यसै गरि अति गरिबलाई निश्चित मापदण्डका आधारमा यातायात खर्चको ब्यबश्था समेत गरिएको अध्यक्ष थापाले बताए । अध्यक्ष थापाको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरि कार्यान्वन तिर गैसकेको अस्पताल ब्यबस्थापन समिति सदस्य सचिव तथा कार्यालय प्रमुख डाक्टर रुपचन्द बिश्वकर्माले बताए । उपचारको लागी पैशा नभएर जिल्ला अस्पताल आएका जो सुकै बिरामीहरुलाई निशुल्क उपचार गरिने जिल्ला अस्पतालले बताएको छ । अशाय, अशक्त अपाङ्गहरुको हकमा निबेदन लेख्नका लागि पनी सहयाता कक्षाको ब्यबस्थापन भएकोले यस अघिको भन्दा अबका दिनमा स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन गर्ने लक्ष्यका साथ लागेको अध्यक्ष थापाले बताएका छन् । कतिपयको स्वास्थ्य बिमा भर्न समस्या भएका नागरिकहरुलाई यो सेवा प्रदान गर्दा गरिव असायहरुका लागी फाइदा हुने अध्यक्ष थापाले बताए । आकस्मीक सेवामा उपचारमा आएर जिल्लामा हुन नसक्ने बिरामी रिफर गर्नुपर्ने अबस्था आएमा पनी बिरामीको पारिवारीक वातावरण हेरेर गरवि असाय कोही त्यस्तो मान्छे भए यातायात खर्चको समेत ब्यबस्था गर्ने निर्णय गरिएको थापाले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार