शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • इरानमा विमान दुर्घटना सबैकाे मृत्यु

इरानमा विमान दुर्घटना सबैकाे मृत्यु

  • बुधबार, पुस २३, २०७६
इरानमा विमान दुर्घटना सबैकाे मृत्यु

इरानमा भएको विमान दुर्घटनामा विमानमा सवार सबै जनाको मृत्यु भएको छ। इरानको सरकारी टेलिभिजनलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा आएका खबरअनुसार चालक दलका सदस्य सहित सवार १८० जना यात्रुको मृत्यु भएको  हो।

तेहरानबाट युक्रेन उडेको इंटरनेशनल एयरलाइन फ्लाइटको बोइङ ७३७–८०० जेट  इरानी राजधानी तेहरानको दक्षिण–पश्चिममा पर्ने पारान क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो।

इरानी अधिकारीहरुले विमान दुर्घटनामा कसैलाई जिवित भेटिने सम्भावना नरहेको बताएका छन्। विमान तेहराइनस्थित विमानस्थलबाट युक्रेनको किभस्थित बोर्यस्पिल  विमानस्थलका लागि उडेको केही क्षणमै दुर्घटनामा परेको हो।

चर्चामा

सम्बन्धित समाचार