बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • सुनको भाउ अहिलेसम्मकै उच्च, तोलामा ७५ हजार ५०० कायम

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलामा ७५ हजार ५०० कायम

  • सोमवार, पुस २१, २०७६
सुनको भाउ अहिलेसम्मकै उच्च, तोलामा ७५ हजार ५०० कायम

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । शुक्रबार रु ७४ हजार ५०० मा कारोबार भएको छापावाला सुन आइतबार एक हजारले वृद्धि भइ तोलामा ७५ हजार ५०० कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुन भने तोलामा रु ७५ हजार २०० कायम भएको छ । शुक्रबार तेजाबी सुनको मूल्य रु ७४ हजार २०० थियो । चाँदीको मूल्य भने प्रतितोला रु ९०० मा कारोबार भएको छ । शुक्रबार पनि चाँदीको मुल्य रु ९०० नै थियो ।

यही पुस १ गते छापावाला सुन प्रतितोला रु ७१ हजार ५०० मा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला रु ७१ हजार २०० मा कारोबार भएको थियो । आजसम्म आइपुग्दा छापावाल र तेजाबी सुन २० दिनको अन्तरालमा प्रतितोला रु चार हजारले वृद्धि भएको छ । पुस १ गते  प्रतितोला रु ८५० मा कारोबार भएको चाँदी आज २० दिनमा आइपुग्दा रु ५० ले वृद्धि भएको छ ।

महासङ्का अनुसार गत मङ्सिरमा सामान्य अङ्कले ओरालो लागेको सुनचाँदीको बजारमा पछिल्ला दिनमा भने उल्लेख्य मूल्य वृद्धि भएको छ । गत मङ्सिर १ गते छापावाल सुन प्रतितोला रु ७१ हजार ८००, तेजाबी सुन, रु ७१ हजार ५०० र चाँदी प्रतितोला रु ८५५ मा कारोबार भएको थियो । सोही महिनाको २० गते छापावाला सुन प्रतितोला रु ७१ हजार ७००, तेजावी सुन रु ७१ हजार ४०० र चाँदी रु ८५० मा कारोबार भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार