बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • एक साताभित्र स्वबियु चुनाव को मिति घोषणा गर्ने नेबि संघ र त्रिबि बिच सहमति

एक साताभित्र स्वबियु चुनाव को मिति घोषणा गर्ने नेबि संघ र त्रिबि बिच सहमति

  • आइतवार, पुस २०, २०७६
एक साताभित्र स्वबियु चुनाव को मिति घोषणा गर्ने नेबि संघ र त्रिबि बिच सहमति

बाजुरा २० पाैष — एक साताभित्र स्वबियु चुनाव को मिति घोषणा गर्ने नेबि संघ र त्रिबि बिच सहमति भएकाे छ ।  त्रिभुवन विश्वविद्यालयको हाताभित्र रहेको प्रहरी चौकी हटाइन र स्वबियू चुनावको मिति घोषणा गर्नका लागी नेबिसघं त्रिवि समितिले क्याम्पसमा सहमति  भएकाे हाे ।
लामो समयदेखि विद्यार्थीले चौकी हटाउन माग गर्दै आन्दोलन गरेपछि आइतबार तत्काल हटाउने सहमति भएको नेविसंघका त्रिवि समिति सचिव योगेन्द्र रावलले बताए ।


त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय र नेविसंघबीच भएको वार्ताबाट प्रहरी चौकी हटाउने सहमति भएको सचिव रावलले बताए ।


सहमति पत्रमा निर्देशनालयका कार्यकारी निर्देशन गंगाबहादुर थापा मगर र नेविसंघका त्रिवि समिति सचिव योगन्द्र रावलले हस्ताक्षर गरेका छन् ।कीर्तिपुरस्थित विश्वविद्यालय क्याम्पस हातामा प्रहरी चौकी थियो । शैक्षिक संस्थामा प्रहरी चौकी राख्न नहुने भन्दै नेपाल विद्यार्थी संघले निरन्तर आन्दोलन गर्दै आएको थियो ।
यस्तै स्ववियु निर्वाचनको मिति एक हप्ताभित्र र र कार्यतालिका एक महिना अगावै सार्वजनिक गर्ने, त्रिविमा राजनीतिक आस्थाका आधारमा कसैलाई पनि भेदभाव नगर्ने लगायत सहमति पनि भएकाे नेबिसघंले जनाएकाे छ।

चर्चामा

सम्बन्धित समाचार