बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • चिसोले हिमाली भेगको जनजिवन प्रभाबित

चिसोले हिमाली भेगको जनजिवन प्रभाबित

  • बुधबार, पुस ९, २०७६
चिसोले हिमाली भेगको जनजिवन प्रभाबित

अत्याधिक चिसो बढेपछि हिमाली भेगको जनजिवन निकै प्रभाबित भएको छ । चिसोका कर्णाली अञ्चलका जिल्ला महाकाली र सेतिका हिमाली भेगका बासिन्दा जाडो छल्न औल तिर झरेका छन् ।
लगातारको चिसाको कारणले गाँउमा बस्न नसकिने अबस्था भएपछि बेशि तिर झरेको हुम्ला ताजामैला गाँउपालिका अध्यक्ष बागदल मल्लले वताएका छन् । उच्च भागमा अत्याधिक चिसो बढेसँगै गाइबस्तु र सबै परिवार तल तिर सरेका छन् । हिमाली भेगमा पानि परेको छैन्, चिसो मात्र बढेको उनले वताए । चिसो बढपछि हुम्लाका धेरै बिद्यालय हिउँदे बिदा गरेको बागदल मल्लले वताएका छन् ।
बाजुराका हिमाली क्षेत्र हिमाली गाँउ पालिका, स्वामिकार्तिक गाँउपालिका, पाण्डगुफा गाँउ पालिका र बुढिन्ननदा नगरपालिका उच्च क्षेत्रका बासिन्दा कोल्टि मार्तडीमा बसाई सरेका छन् । चिसोले निकै कष्टकर भएपछि गाँउमा बस्न सक्ने अबस्था नभएपछि गाँउका सबै औलमा सरेको हिमाली गाँउपालिका १ कोटका स्थानिय धर्मलाल रोकायाले वताएका छन् । बाजुराको उत्तरी क्षेत्रका उच्च भागका धेरै बासिन्दा कोल्टि बाजुराको तल्लो भेग र अछाम तिर आएका छन् । बिगतका बर्षमा केही बासिन्दा मात्र औल झर्ने भएपनि यो बर्ष भने धेरै चिसो बढेपछि अधिकांश बासिन्दा औल तिर झरेका छन् ।
बझाङ्ग, दार्चुल्लाका उच्चभागमा पनि चिसोले जनजिवन प्रभाबित भएको छ । बझाङ्गको काँडा गाँउपालिकामा पनि चिसोले जनजिवन प्रभाबित बनेको स्थानियले वताएका छन् । चिसो बढेपछि जिल्लामा बिद्यालय समेत प्रभाबित भएका छन् । लगातार चिसो बढेपछि बाजुराका धेरै बिद्यालयको पढाई प्रभाबित भएको जिल्ला शिक्षा कार्यलय बाजुराका बिद्यालय निरिक्षक धर्मराज जैशीले वताएका छन् । हिमाली गाँउ पालिका बिच्छँयाका सबै बिद्यालय केही दिन सम्मका लागि बन्द समेत गरेको उनले वताएका छन् ।
कर्णालीका हुम्ला, मुगु, जुम्ला, कालिकोटमा चिसोले भाइरलका बिरामी समेत बढेका छन् । चिसोका कारणले रुखाखोकी, ज्वरोका बिरामी बढेको स्वास्थ्य संस्थाहरुले वताएका छन् । लगातार चिसो बढेपछि सदरमुकाममा सरकारी तथा गैरसरकारी कार्यलयका कामकाज समेत प्रभाबित भएका छन् । जिल्ला प्रशासन कार्यलय बाजुराका साहयक प्रमुख जिल्ला अधिकारी खग्रेन्द्र बहादुर शाहिले भने चिसोका कारण जिल्लाभरीको जनजिवन प्रभाबित भएको वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार